रास्वपाले रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गरेको छ : लामिछाने « Khabarhub

रास्वपाले रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गरेको छ : लामिछाने


५ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीले संसद र संसदीय समितिमा रचनात्मक प्रतिपक्षका निर्वाह गरेको बताएका छन्। आज चितवनमा पत्रकारहरुसँग कुरा गर्दै उनले जनतालाई दुःख नदिई नेताले गर्न सक्ने कुरालाई प्रथामिकतामा राखेर आफूहरू लागिरहेको बताए ।

अहिले रास्वपाले मिसन २०८० अन्तर्गत बन्द भएका आयोजनामा कामका लागि दबाब गर्दै आएको उनको भनाइ थियो । उनले भने, “मानिसको बस्ती र जनतालाई असर नगर्ने गरी काम गर्न सक्नु नै वास्तविक विकास हो ।” विकासको विरोध हुनु सही नभए पनि विकास गर्दा सामजस्यता कायम गर्नुपर्ने उनको भनाइ थियो ।

यस्तै उनले अहिले रास्वपालाई सहकारीका बचतकर्ताहरूको बचतको सुरक्षाको विषय चिन्ताको बिषय भएको बताए । सहकारीमार्फत लाखौं ठगिएको विषयमा आफूहरूले सरकारलाई समाधानसहितको प्रतिवेदन बुझाउने तयारीमा रहेको उनले जानकारी दिए । उनले भने, “बचतकर्ताको बचतको सुरक्षा राजनीतिक दल, दलका प्रतिनिधि, जनताको प्रतिनिधिकाका साथै जिम्मेवार व्यक्तिका रूपमा मेरो प्रथामिकताको विषय हो ।”

प्रकाशित मिति : ५ माघ २०८०, शुक्रबार  १० : २० बजे

‘बजारमा ग्यासको हाहाकार : सरकार भन्छ, ‘आपूर्ति सहज छ’

काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल साउन २० गते बुधबार सन् २०२६

आज २०८३ साल साउन २० गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन २० गते बुधबार सन् २०२६

‘स्ट्रेट अफ होर्मुज’ मा कार्गो जहाजमा प्रहार

काठमाडौँ- ‘स्ट्रेट अफ होर्मुज’ मा ओमानको तट नजिकै एउटा कार्गो