लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो : उपराष्ट्रपति « Khabarhub

लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो : उपराष्ट्रपति


७ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवले लोकतन्त्रलाई प्रभावकारी बनाउन सरकार मात्रै होइन, सबै राजनीतिक दल, नागरिक समाज, निजी क्षेत्र, सञ्चारमाध्यमलगायत सबैको प्रतिबद्धता आवश्यक भएको बताएका छन् ।

राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले लोकतन्त्रको विकल्प लोकतन्त्र नै भएको र त्यसको प्रयोगमा सकारात्मक सोचका साथ अघि बढ्नु पर्ने उल्लेख गरेका छन् ।

उपराष्ट्रपति यादवले मुलुकमा १०४ वर्षसम्म कायम रहेको जहानियाँ निरङ्कुश शासनविरुद्ध बलिदानीपूर्ण सङ्घर्षको परिणामस्वरूप २००७ सालको आन्दोलन सफल भएको ऐतिहासिक उपलब्धिको सम्झना र सम्मान स्वरूप प्रत्येक वर्ष फागुन ७ मा मनाइने राष्ट्रिय प्रजातन्त्र दिवसको स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।

उनले मुलुकमा प्रजातन्त्र स्थापनार्थ विभिन्न कालखण्डमा भएका जनआन्दोलन, मधेस आन्दोलन, आदिवासी जनजातिलगायत समुदायले गरेका आन्दोलनमा आफ्नो ज्यानको आहूति दिने सम्पूर्ण सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै लोकतान्त्रिक मूल्य, मान्यता, आदर्श र सिद्धान्तप्रति प्रतिबद्ध प्रजातन्त्रका सम्पूर्ण सेनानीहरूको सन्देशमा स्मरण गरेका छन् ।

प्रकाशित मिति : ७ फाल्गुन २०८०, सोमबार  ७ : २५ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार