युक्रेन पुनर्निर्माणमा सहयोग गर्न जापानसँग प्रधानमन्त्री स्मिगलको आग्रह « Khabarhub

युक्रेन पुनर्निर्माणमा सहयोग गर्न जापानसँग प्रधानमन्त्री स्मिगलको आग्रह


७ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युक्रेनका प्रधानमन्त्री डेनिस स्मिगलले सोमबार जापान सरकार र निजी क्षेत्रसँग मुलुकको पुनर्निर्माणका लागि सहयोग बढाउन आग्रह गरेका छन् । साथै उनले रुससँगको करिब दुई वर्ष पुरानो युद्ध समाप्त भएपछि ‘आर्थिक चमत्कार’ हुने प्रतिबद्धता व्यक्त गरेका छन् ।

‘पूर्ण मात्रामा आक्रमण सुरु भएदेखि जापानले युक्रेनलाई १० अर्ब डलरभन्दा धेरै विभिन्न सहयोग प्रदान गरेको छ, यसबाट जापान युक्रेनलाई वित्तीय सहयोग गर्ने चौथौ सबैभन्दा ठूलो मुलुक बनेको छ’, जापान र युक्रेनका करिब तीन सय सरकारी तथा व्यापारिक नेताहरूको एक सम्मेलनमा उनले भने, ‘रुसका कारण भएको भीषण युद्धका क्रममा उक्त कोषका लागि धन्यवाद, लाखौँ युक्रेनी बाँच्न सक्षम भएका छन् ।’

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि भिडियो लिंकमार्फत टोक्योमा सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम थियो तर यसलाई पछि रद्द गरियो । आयोजकले यसबारे विस्तारमा केही बताएका छैनन् । 

जापानले गत वर्ष तयारी मालसामानको निर्यात नियन्त्रणलाई खुकुलो बनाएको छ । यसबाट उसलाई अमेरिकाजस्ता युक्रेनको हतियारको प्रमुख आपूर्तिकर्ताहरूबीच रक्षा उपकरणहरूमा अन्तरलाई भर्न सहयोग प्राप्त भएको छ । 

टोक्योले युक्रेनलाई विमान पत्ता लगाउने प्रणाली र मोबाइल विद्युत् जेनेरेट जस्ता ‘गैर–घातक सहयोग’ पनि प्रदान गरेको छ । 

गत साता विश्व बैंक, युरोपेली सङ्घ (इयु) र संयुक्त राष्ट्रसङ्घले एउटा संयुक्त प्रतिवेदनमा आगामी दशकमा युक्रेनको पुनर्निर्माणको लागत चार खर्ब ८६ अर्ब डलर हुने अनुमान गरेका थिए । यसमा सन् २०२४ मा मात्रै १५ अर्ब डलर पनि समावेश छ । 

संयुक्त विज्ञप्तिअनुसार जापानी प्रधानमन्त्री फुमियो किसिदाले सोमबार युक्रेन र युक्रेनी जनताको स्वतन्त्रताको रक्षा र क्षेत्रीय अखण्डता कायम गर्नमा सहयोग गर्नका लागि जापानको प्रतिबद्धताको पुष्टि गरेका छन् । विज्ञप्तिमा उनले युक्रेनको अर्थतन्त्रको स्थिरता सुनिश्चित गर्नका लागि आवश्यक दीर्घकालीन सहयोग प्रदान गर्ने प्रतिबद्धता पनि दोहोर्याए। 

दुवै पक्षले आधारभूत संरचनाको पुनर्निर्माण, उत्खनन, कृषि र सुशासन अभिवृद्धिलगायत धेरै सम्झौतामा हस्ताक्षर गरेका छन् । जापान भ्रमण गर्ने युक्रेनी व्यवसायीहरूका लागि भिसा नियमलाई खुकुलो बनाउने विषयमा पनि जापान सरकार सहमत भएको छ । 

रुसी सेनाले पूर्वी युक्रेनी किल्ला अभ्दाइभ्कालाई पुनः कब्जा गरेपछि र अमेरिकामा ६० अर्ब डलरको सैन्य सहयोग कांग्रेसमा रोकिएपछि उक्त सम्मेलन भएको हो । 

प्रकाशित मिति : ७ फाल्गुन २०८०, सोमबार  १ : ०९ बजे

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल असोज ३१ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज ३१ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ३१ गते शनिबार सन् २०२६

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने