गणतन्त्रसहितको संघीय व्यवस्था भ्रष्टाचारमा रूपान्तरण भयो : कमल थापा « Khabarhub

गणतन्त्रसहितको संघीय व्यवस्था भ्रष्टाचारमा रूपान्तरण भयो : कमल थापा


७ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राप्रपा नेपालका अध्यक्ष कमल थापाले गणतन्त्रसहितको संघीय व्यवस्था भ्रष्टाचार र तस्करतन्त्रमा रूपान्तरण हुँदै गएको बताएका छन्।

त्रिभुवन जयन्ती, प्रजातन्त्र दिवस तथा राप्रपा नेपालको वार्षिकोत्सवका अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष थापाले धर्मनिरपेक्ष, गणतन्त्रसहितको संघीय व्यवस्था मुलुकमा असफल भइसकेको भन्दै परिवर्तित व्यवस्था भ्रष्टाचार र तस्करतन्त्रमा रूपान्तरण हुँदै गएको बताएका हुन् ।

थापाले भुटानी शरणार्थी, ललिता निवास जग्गा जस्ता प्रकरणमा प्रमुख दलका नेताहरू नै संलग्न देखिएकाले आफ्ना मान्छेलाई जोगाउने काम भएको तर्क गरे ।

बामपन्थी कम्युनिस्ट र समाजवादी बिचार संसारभर असफल प्रमाणित भइसकेको अवस्थामा बामबन्थी विचारको उग्र संस्करण माओवादी नेतृत्वमा नेपालको राजनीति अघि बढिरहेको उनले बताए ।

त्यस्तै उनले फरक बिचारसहित राजनीतिमा रहेका रास्वपा, राप्रपा लगायतका दल पनि कांग्रेस र एमालेसंगै प्रचण्डको सरकारमा सहभागी भएको र भोलीको दिनमा पनि सहभागी हुने संस्कार देखिएको भन्दै यो नेपाली राजनीतिको विकृत दृश्य भएको धारणा राखे ।

उनले मुलुकमा शान्ति र स्थायित्व कायम गर्न वर्तमान व्यवस्था र प्रणाली परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको जिकिर गरे ।

प्रकाशित मिति : ७ फाल्गुन २०८०, सोमबार  २ : २८ बजे

कांग्रेस केन्द्रीय सदस्यमा राजीव चौधरीको उम्मेदवारी घोषणा

काठमाडाैं – नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनमा युवा नेता राजीव

कांग्रेस उपसभापतिमा उम्मेदवारी दिने देवराज चालिसेको घोषणा

काठमाडाैं – नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको १५औँ महाधिवेशनमा

चन्द्र भण्डारीले गरे कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा

काठमाडौं – नेपाली कांग्रेसका प्रभावशाली नेता डा. चन्द्रकान्त (चन्द्र) भण्डारीले

मनकामना केबलकार मङ्गलबार बन्द रहने

चितवन – चितवनको कुरिनटारबाट गोरखाको प्रसिद्ध मनकामना मन्दिर जानका लागि

इजरायली प्राध्यापकमाथि अरबमाथि सामूहिक आक्रमणको योजना बनाएको आरोप

जेरुसेलम – इजरायलका अरब नागरिक र वेस्ट बैंकका प्यालेस्टिनीमध्ये सयौँको