गणतन्त्रसहितको संघीय व्यवस्था भ्रष्टाचारमा रूपान्तरण भयो : कमल थापा | Khabarhub Khabarhub

गणतन्त्रसहितको संघीय व्यवस्था भ्रष्टाचारमा रूपान्तरण भयो : कमल थापा


७ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राप्रपा नेपालका अध्यक्ष कमल थापाले गणतन्त्रसहितको संघीय व्यवस्था भ्रष्टाचार र तस्करतन्त्रमा रूपान्तरण हुँदै गएको बताएका छन्।

त्रिभुवन जयन्ती, प्रजातन्त्र दिवस तथा राप्रपा नेपालको वार्षिकोत्सवका अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष थापाले धर्मनिरपेक्ष, गणतन्त्रसहितको संघीय व्यवस्था मुलुकमा असफल भइसकेको भन्दै परिवर्तित व्यवस्था भ्रष्टाचार र तस्करतन्त्रमा रूपान्तरण हुँदै गएको बताएका हुन् ।

थापाले भुटानी शरणार्थी, ललिता निवास जग्गा जस्ता प्रकरणमा प्रमुख दलका नेताहरू नै संलग्न देखिएकाले आफ्ना मान्छेलाई जोगाउने काम भएको तर्क गरे ।

बामपन्थी कम्युनिस्ट र समाजवादी बिचार संसारभर असफल प्रमाणित भइसकेको अवस्थामा बामबन्थी विचारको उग्र संस्करण माओवादी नेतृत्वमा नेपालको राजनीति अघि बढिरहेको उनले बताए ।

त्यस्तै उनले फरक बिचारसहित राजनीतिमा रहेका रास्वपा, राप्रपा लगायतका दल पनि कांग्रेस र एमालेसंगै प्रचण्डको सरकारमा सहभागी भएको र भोलीको दिनमा पनि सहभागी हुने संस्कार देखिएको भन्दै यो नेपाली राजनीतिको विकृत दृश्य भएको धारणा राखे ।

उनले मुलुकमा शान्ति र स्थायित्व कायम गर्न वर्तमान व्यवस्था र प्रणाली परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको जिकिर गरे ।

प्रकाशित मिति : ७ फाल्गुन २०८०, सोमबार  २ : २८ बजे

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य