बढाइयो सलमान खानको परिवारको सुरक्षा  « Khabarhub

बढाइयो सलमान खानको परिवारको सुरक्षा 


७ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौंपटक-पटक ज्यान मार्ने धम्की आएपछि बलिउड अभिनेता सलमान खानलाई मुम्बई प्रहरीले ‘वाई प्लस’ सुरक्षा दिँदै आएको छ । सुरक्षा चुनौती बढेको भन्दै उनको परिवारको सुरक्षामा प्रहरीले थप कडाइ गरेको हो । 

ग्याङस्टार लरेन्स बिश्नोइबाट ज्यान मार्ने धम्की आएका कारण प्रहरीले खान परिवारको सुरक्षा बढाएको हो । भारतीय मिडियाका अनुसार उनका बहिनी जवाइ आयुष शर्माको पनि विशेष सुरक्षा दिइएको छ ।

प्रहरीले शर्मालाई सार्वजनिक कार्यक्रममा निस्कँदी सलमानको ‘बुलेट प्रुफ’ गाडीमा निस्कन सचेत गराएको छ । यस्ता कार्यक्रममा उनको अघि–पछि अब प्रहरी रहने बताइएको छ । 

सन् २०२२ को नोभेम्बरमा बिश्नोइबाट सलमानको ज्यान मार्ने धम्की आएको थियो । सोही कारण सुरक्षाका लागि उनलाई हतियार राख्न अनुमतिसमेत दिइएको थियो ।

यही घटनालाई लिएर अहिले प्रहरीले सुरक्षा बढाएको हो । खासगरी प्रहरी सलमानका ज्वाइ आयुषको सुरक्षामा केन्द्रित रहेको छ । 

प्रकाशित मिति : ७ फाल्गुन २०८०, सोमबार  २ : ३७ बजे

निर्वाचन ५२ दिन बाँकी : आजसम्म समानुपातिक उम्मेदवारी फिर्ता लिन सकिने

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

आज २०८२ साल पुस २८ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष