डीआईजी पोखरेलको सक्रियतामा सरस्वतीको मूर्ति विसर्जन « Khabarhub

डीआईजी पोखरेलको सक्रियतामा सरस्वतीको मूर्ति विसर्जन


७ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

रौतहट– पछिल्लो चारदिनदेखि थन्किएको सरस्वतीको मूर्ति रौतहटको ईशनाथ नगरपालिकामा कर्फ्यु अवधिभित्रै पुरानै असमतिअनुसार नै  विसर्जन गरिएको छ ।  मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी यज्ञविनोद पोखरेलको सक्रियतामा जिल्ला समन्वय समितिको सभाकक्षमा सोमबार बसेको सर्वदलीय सर्वपक्षीय बैठकको निर्णयअनुसार पुरानै सहमतिमा मूर्ति विसर्जन गरिएको हो ।

ईशनाथ–७ घिउरा गाउँ विद्यालयछेउको सार्वजनिक पोखरीमा यसअघि भएको सहमतिअनुसार मूर्ति सेलाइएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी एलिजा गिरीले बताइन् । प्रमुख जिल्ला अधिकारी (सिडिओ) हिरालाल रेग्मीको अध्यक्षतामा सोमबार जिल्ला समन्वय समितिको सभाकक्षमा बसेको बैठकमा  नेपाल प्रहरीका डीआईजी  पोखरेल, सशत्र प्रहरीका डीआईजी दीपेन्द्र साह, राष्ट्रिय अनुसन्धानका डीआईजी सञ्जय यादव, तथा सम्पूर्ण राजनीतिक दलका प्रतिनिधिको सहभागिता थियो । 

बैठकलगत्तै संघीय सांसद किरण कुमार साह, जिल्ला समन्वय समितिका सभापति रामअयोध्या यादव, तीनैजना डीआइजी, दलका प्रतिनिधि सम्मिलित टोली स्थलगत पुगेर चारदिनदेखि थन्किएको मूर्ति विसर्जन गरिएको हो ।

 यसअघि संघीय संसद किरणकुमार साहको पहल तथा सीडीओ रेग्मीको अध्यक्षतामा ईशनाथ–७ घीउरा गाउँमा डिजे बाजासहितको ट्याक्टर साविक बाटो हुँदै लैजाने र सरस्वतीको मूर्ति अर्को बाटो हुँदै गाउँछेउ विद्यालय नजिकैको सार्वजनिक पोखरीमा विसर्जन गर्न लैजाने सहमति भएको थियो । सोही निर्णयअनुसार मूर्ति विसर्जन गरिएको छ । 

 

प्रकाशित मिति : ७ फाल्गुन २०८०, सोमबार  ५ : ०० बजे

एउटै क्षेत्रमा १५-२० हेलिकप्टर कसरी उड्छन् ?

काठमाडौं– बाढी प्रभावित क्षेत्रमा एकैपटक १५–२० वटा हेलिकप्टर उद्धार तथा

काठमाडौं विश्वविद्यालयको रजिस्ट्रारमा विराज सिंह थापा नियुक्त

काठमाडौं– सरकारले काठमाडौं विश्वविद्यालयको रजिस्ट्रार पदमा विराज सिंह थापालाई नियुक्त

विष्णु माझीले ल्याइन् तीज गीत

काठमाडौं– गायिका विष्णु माझीले तीज गीत ‘घरबार’ ल्याएकी छन् ।

भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

वालिङ– भोटेकोशी बाढीमा परी घाइते भएकाहरूका लागि स्याङ्जामा रगत सङ्कलन गरिएको

‘मन भक्कानिदा बिलौना गर्ने समय छैन’

यो पीडा रसुवा, नुवाकोट वा धादिङको मात्र होइन, यो सिंगो