युक्रेनमा शान्ति स्थापनाका लागि चीनले रचनात्मक भूमिका निर्वाह गर्छ : विदेशमन्त्री वाङ | Khabarhub Khabarhub

युक्रेनमा शान्ति स्थापनाका लागि चीनले रचनात्मक भूमिका निर्वाह गर्छ : विदेशमन्त्री वाङ


७ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

म्युनिख– चीनका विदेशमन्त्री वाङ यीले युक्रेनमा जारी द्वन्द्वको शीघ्र अन्त्य र शान्ति बहालीका लागि चीनले रचनात्मक भूमिका निर्वाह गरिरहने र आशाको किरण रहुन्जेल हार नमान्ने बताएका छन् । 

वाङले युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबासँग जारी म्युनिख सुरक्षा सम्मेलनका क्रममा भएको भेटमा उक्त भनाइ राखेका हुन् । 

चीन र युक्रेनबीच धेरै वर्षअघि रणनीतिक साझेदारी भएको र दुई देशका जनताबीच परम्परागत मित्रता रहिआएको उल्लेख गर्दै वाङले अन्तर्राष्ट्रिय परिस्थितिमा जस्तोसुकै परिवर्तन आए पनि युक्रेनसँगको सम्बन्ध सामान्यरूपमा विकसित हुने र यसले दुई देशका जनतालाई फाइदा पुर्‍याउने अपेक्षा गरेको बताए। 

आपतकालीन अवस्थामा चिनियाँ सैनिकलाई सकुशल बाहिर निकाल्न सहयोग गरेकोमा युक्रेनी पक्षप्रति पुनः कृतज्ञता व्यक्त गर्दै उहाँले चिनियाँ जनताले कहिल्यै नबिर्सने बताए। 

वाङले युक्रेनको मुद्दामा चीनको स्थितिको बारेमा विस्तृत जानकारी दिँदै चीनले महत्वपूर्ण मुद्दाहरूको राजनीतिक समाधान र शान्ति वार्तालाई बढावा दिने कुरामा जोड दिए । 

कुलेबाले युक्रेन चीनसँग मैत्रीपूर्ण आदानप्रदान कायम राख्न र द्विपक्षीय सम्बन्धको थप विकासका लागि जोड दिन इच्छुक रहेको बताए। विश्व मामिलामा चीनको महत्वपूर्ण प्रभाव रहेको र युक्रेनले युक्रेन संकटको राजनीतिक समाधानका लागि चीनले जारी गरेको ‘पोजिसन पेपर’को उच्च प्रशंसा गरेको कुलेबाले बताए। 

युक्रेनी पक्षले चीनले शान्ति प्रवर्द्धनमा अद्वितीय रचनात्मक भूमिका निर्वाह गरिरहने आशा गरेको र युरेशियन मामिलामा चिनियाँ सरकारका विशेष प्रतिनिधिसँग सम्पर्क बलियो बनाउन इच्छुक रहेको उनले बताए ।

प्रकाशित मिति : ७ फाल्गुन २०८०, सोमबार  ५ : ३७ बजे

स्वास्थ्य मन्त्रालय र सडक विभागको भवनमा पनि आगजनी

काठमाडौँ – जेन-जी प्रदर्शन रोकिएपछि पनि अराजकता फैलाउँदै हिँडेको समूहले

सडकमा आयो सेना, उच्छृङ्खल गतिविधि भए खबर गर्न अनुरोध

काठमाडौँ – जेन-जी आन्दोलनले सरकारलाई बढारेपछि पनि मच्चिएको अराजकता नियन्त्रण

सशस्त्र प्रहरीले भन्यो – क्षति कम हुनेगरी परिचालित भयौँ, अब संयमता अपनाऔँ

काठमाडौँ – सशस्त्र प्रहरी बल नेपालले जेन-जी आन्दोलन क्रममा क्षति

एनसेलले दुई दिनका लागि कल, एसएमएस र इन्टरनेट निःशुल्क गर्‍यो

काठमाडौँ – टेलिकम सेवा प्रदायक एनसेलले दुई दिनका लागि भ्वाइस,

भक्तपुर कारागारबाट १४२ अपराधी र कैदी भागे

काठमाडौँ – भक्तपुर कारागारबाट १४२ जना अपराधी र कैदी भागेका