७१ वर्षका वृद्धले गरे प्रेमलाई विवाहमा परिणत « Khabarhub

७१ वर्षका वृद्धले गरे प्रेमलाई विवाहमा परिणत


७ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– डोटीको जोरायल गाउँपालिका-५ भाम गाउँका ७१ वर्षीय वृद्धले आफ्नो प्रेमलाई विवाहमा परिणत गरेका छन्।

स्थानीय ठक्कर बहादुर खडायतले ७१ वर्षको उमेरमा श्रीमतीको सिउँदो भरेका हुन्। उनले ६३ वर्षीया कुमारी भाटको सिउँदो भरेका छन्।

उक्त दम्पतीका तीन छोरी र एक छोरा छन्। भाटको माइती सुर्खेत हो। धेरै पहिले खड्का र भाटले लामो प्रेम सम्बन्ध सँगै बिताए। उनीहरूबाट सन्तानसमेत भए। श्रीमतीको रूपमा घर भित्र्याएकी भाटको खड्काले सिउँदो भने भरेका थिएनन्।

जोरायल(५ गड्सेरास्थित ज्यूनेबस्तास्थित वैयाल परिवारले सप्ताह महायज्ञको आयोजना गरेको छ। सोही समारोहमा उक्त दम्पती वैवाहिक सूत्रमा बाँधिएको सप्ताह आयोजक समितिका सदस्यसमेत रहेका मुकुन्द भण्डारीले बताए।

खड्काका सखा ८१ वर्षीय डिल्लीराज भण्डारी आफ्नो बाल सखाको बिहेमा बुढेसकालमा सहभागी हुन पाउँदा खुसी छन्। उनले यो विवाह नौलो लागेको र रमाइलो पनि लागेको बताए। विवाहमा बेहुला-बेहुलीका पनातिसमेत सहभागी थिए।

सोही सप्ताहमा चार वटा व्रतबन्ध, तीन वटा कपाल मण्डन, पास्नी कार्यक्रमसमेत सम्पन्न भएका छन्। महायज्ञका पुजारी श्रमानन्द ओझाले उक्त दम्पतीको विवाह सम्पन्न गरेको हो।

प्रकाशित मिति : ७ फाल्गुन २०८०, सोमबार  ६ : ४७ बजे

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका