सम्पत्ति छानबिनको प्रस्ताव पारित गर्नुपर्छ : उपसभापति गुरुङ | Khabarhub Khabarhub

सम्पत्ति छानबिनको प्रस्ताव पारित गर्नुपर्छ : उपसभापति गुरुङ


७ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पार्टीको महाधिवेशनबाट गरेको सङ्कल्पअनुसार महासमिति बैठकलाई ‘नीति अधिवेशन’का रुपमा गर्न लागिएको बताएका छन् । उनले बैठकमा उपसभापति पूर्णबहादुर खड्काले नीतिसम्बन्धी प्रस्ताव, महामन्त्री गगनकुमार थापाले साङ्गठनिक प्रस्ताव र अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक प्रस्तावको बारेमा प्रस्ताव पेश गर्ने जानकारी दिए।

आजदेखि ललितपुरको गोदावरीमा सुरु भएको महासमिति बैठकबारे जानकारी दिँदै उपसभापति गुरुङले उपसभापति खड्का तथा महामन्त्रीद्वय थापा र शर्माले राखेको प्रस्तावलाई चार समूहमा छलफल गरिने बताए। उनले महासमिति बैठकले अगाडि बढाएको प्रस्तावले नेपाली कांग्रेसलाई अगाडि बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । 

कानून, न्याय तथा संसदीय मामिलामन्त्री समेत रहेका उपसभापति गुरुङले पार्टीको हरेक तहको कार्यसमितिलाई नीति र विधिमा बाँध्न महासमिति बैठकबाट सहयोग पुग्ने विश्वास व्यक्त गरे । प्रजातान्त्रिक समाजवादको बहस गर्दैगर्दा उठ्न नसकेको तप्कालाई उठाउने विधिका बारेमा पनि महासमिति बैठकमा छलफल भई मार्गनिर्देश हुने उपसभापति गुरुङको भनाइ थियो । 

सुशासन र आर्थिक पारदर्शिता कायम गर्नका लागि वडाध्यक्षदेखि मन्त्री पदमा रहेकासम्मको सम्पत्ति छानबिन गर्ने प्रस्ताव महासमिति बैठकले पारित गर्नुपर्नेमा उनले जोड दिए।

प्रकाशित मिति : ७ फाल्गुन २०८०, सोमबार  ७ : ५५ बजे

स्वास्थ्य मन्त्रालय र सडक विभागको भवनमा पनि आगजनी

काठमाडौँ – जेन-जी प्रदर्शन रोकिएपछि पनि अराजकता फैलाउँदै हिँडेको समूहले

सडकमा आयो सेना, उच्छृङ्खल गतिविधि भए खबर गर्न अनुरोध

काठमाडौँ – जेन-जी आन्दोलनले सरकारलाई बढारेपछि पनि मच्चिएको अराजकता नियन्त्रण

सशस्त्र प्रहरीले भन्यो – क्षति कम हुनेगरी परिचालित भयौँ, अब संयमता अपनाऔँ

काठमाडौँ – सशस्त्र प्रहरी बल नेपालले जेन-जी आन्दोलन क्रममा क्षति

एनसेलले दुई दिनका लागि कल, एसएमएस र इन्टरनेट निःशुल्क गर्‍यो

काठमाडौँ – टेलिकम सेवा प्रदायक एनसेलले दुई दिनका लागि भ्वाइस,

भक्तपुर कारागारबाट १४२ अपराधी र कैदी भागे

काठमाडौँ – भक्तपुर कारागारबाट १४२ जना अपराधी र कैदी भागेका