अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ६ जना पक्राउ « Khabarhub

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ६ जना पक्राउ


७ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मोरङ, बारा, रूपन्देहीबाट अवैध लागूऔषधसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मोरङको केराबारी गाउँपालिका–१० बगैचाबाट अवैध लागूऔषध ब्राउनसुगर करिब १ ग्राम ४ सय मिलिग्राम, नगद १४ हजार ४ सय ७० रूपैयाँ र मोबाइल २ थानसहित सोही ठाउँ बस्ने २५ वर्षीय सुमन तामाङलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
कोशी प्रदेश अनुसन्धान समुह र ईलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

यस्तै बाराको प्रसौनी गाउँपालिका-१ नकटुवा चोकबाट अवैध लागूऔषध गाँजा करिब ४ किलो २ सय ग्रामसहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा पर्सा वीरगंज महानगरपालिका-१३ रानीघाट बस्ने २० वर्षीय गल्लु यादव र बारा प्रसौनी गाउँपालिका–४ खुटवा बस्ने २६ वर्षीय फुलमान अंसारी रहेका छन् ।ईलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

यता रूपन्देहीकाे बुटवल उपमहानगरपालिका-२ मणिमुकुन्द टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २ मिलिग्रामसहित सोही उपमहानगरपालिका-२ फुलवारी बस्ने २६ वर्षीय अमृत महरा समेत ३ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी बिट जितगढी किल्लाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०८०, सोमबार  ८ : ०८ बजे

दिल्लीमा प्रचण्डले भने- भारत आउनुको मेरो उद्देश्य पूरा भयो

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणको

केपी ओलीतिर लक्षित गर्दै रविले भने : अपदस्थ भएकाहरूलाई गाली गरेर अब समय बर्बाद नगरौँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अब पुराना दल

अवैध लागूऔषध खैरो हेरोइनसहित एक जना पक्राउ

कैलाली– लम्कीचुहा नगरपालिका-१ लम्की चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ

एमालेको सचिवालय बैठक मंगलबार बस्ने

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले मंगलबार केन्द्रीय सचिवालयको बैठक बोलाएको