अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ६ जना पक्राउ « Khabarhub

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ६ जना पक्राउ


७ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मोरङ, बारा, रूपन्देहीबाट अवैध लागूऔषधसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मोरङको केराबारी गाउँपालिका–१० बगैचाबाट अवैध लागूऔषध ब्राउनसुगर करिब १ ग्राम ४ सय मिलिग्राम, नगद १४ हजार ४ सय ७० रूपैयाँ र मोबाइल २ थानसहित सोही ठाउँ बस्ने २५ वर्षीय सुमन तामाङलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
कोशी प्रदेश अनुसन्धान समुह र ईलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

यस्तै बाराको प्रसौनी गाउँपालिका-१ नकटुवा चोकबाट अवैध लागूऔषध गाँजा करिब ४ किलो २ सय ग्रामसहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा पर्सा वीरगंज महानगरपालिका-१३ रानीघाट बस्ने २० वर्षीय गल्लु यादव र बारा प्रसौनी गाउँपालिका–४ खुटवा बस्ने २६ वर्षीय फुलमान अंसारी रहेका छन् ।ईलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

यता रूपन्देहीकाे बुटवल उपमहानगरपालिका-२ मणिमुकुन्द टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २ मिलिग्रामसहित सोही उपमहानगरपालिका-२ फुलवारी बस्ने २६ वर्षीय अमृत महरा समेत ३ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी बिट जितगढी किल्लाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०८०, सोमबार  ८ : ०८ बजे

बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द

भक्तपुर- भक्तपुरको बोडे र काठमाडौँको मूलपानी जोड्ने मनोहरा खोलाको पुलसँगैको

करेन्ट लागेर बारामा एकको मृत्यु, चार जना घाइते

बारा- बाराको कोल्हवी नगरपालिका–३ जुगुवा टोलमा करेन्ट लागेर एक बालकको

नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग आज पनि बन्द

चितवन- वर्षातसँगै नारायणगढ–मुग्लिन सडकखण्ड र पृथ्वी राजमार्गको चितवन खण्ड अझै

मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं– नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले शुक्रबार साँझ

झरीबीच वसन्तपुरमा मनाइयो इन्द्रजात्रा (तस्बिरहरू)

काठमाडौं– वर्षा र सहकालका देवता इन्द्रको पूजा गरेर काठमाडौंको ऐतिहासिक