एमाले केन्द्रीय कमिटी बैठकको ६ बुँदे कार्यसूची तय « Khabarhub

एमाले केन्द्रीय कमिटी बैठकको ६ बुँदे कार्यसूची तय


७ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले)ले यही फागुन ८ गतेदेखि सुरु हुने केन्द्रीय कमिटी बैठकको कार्यसूची तय गरेको छ ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले केन्द्रीय कमिटी बैठकका लागि ६ वटा कार्यसूची तय गरिएको जानकारी दिए । उनका अनुसार बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समसामयिक राजनीतिक परिस्थितिबारे सम्बोधन गर्नेछन् ।

साथै बैठकमा समग्र पार्टीको साङ्गठनिक कामको समीक्षा तथा पार्टीको शुद्धिकरण र सुदृढीकरण कार्यक्रमको अवधारणाबारे छलफल हुनेछ ।

यसैगरी, कार्यसूचीमा पार्टी निर्माणमा देखिएका समस्या र समाधानका उपाय, जनपरिचालन र जनदबाबको ‘एजेन्डा’हरु तथा समसामयिक प्रस्ताव रहेका प्रचार विभाग प्रमुख गौतमले बताए ।

एमालेको सातौँ केन्द्रीय कमिटी बैठक यही फागुन ८ देखि १० गतेसम्म ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बस्नेछ । बैठक मङ्गलबार बिहान ११ बजे बस्ने तय भएको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०८०, सोमबार  १० : ३२ बजे

अप्ठेरोमा परेकालाई घरमा ग्यास पुर्‍याउने : प्रजिअ

चितवन– चितवन जिल्ला प्रशासनले अप्ठेरोमा परेकालाई खाना पकाउने ग्यास अभाव

सिन्धुलीमा बसले ठक्कर दिँदा सुनकोशीमा खस्यो कार

काठमाडौं- सिन्धुलीमा बसले ठक्कर दिँदा एउटा कार सुनकोशी नदीमा खसेको

तीस महिनामा सम्पन्न हुनुपर्ने ६२ किमी हुलाकी सडक दस वर्षमा बनेन

महेन्द्रनगर– चट्टानी पहाड, भौगोलिक विकटता तथा अवरोध नहुँदा पनि कञ्चनपुरको ६२

मधेस प्रदेशमा मानवअधिकार उल्लङ्घनसम्बन्धी ३९ उजुरी दर्ता

जनकपुरधाम– राष्ट्रिय मानवअधिकार आयोगको मधेश प्रदेश कार्यालय जनकपुरधाममा आर्थिक वर्ष

तस्बिरमा हेर्नुहोस्, पोखरामा निकालिएको बोलबम यात्रा

पोखरा– साउनको तेस्रो सोमबार पर्यटकीय राजधानी पोखरामा बोलबम निकालिएको छ ।