नागरिक अधिकारको कार्यान्वयनका लागि दण्डहीनता अन्त्य हुनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी | Khabarhub Khabarhub

नागरिक अधिकारको कार्यान्वयनका लागि दण्डहीनता अन्त्य हुनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी


७ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले नागरिक तथा राजनीतिक अधिकारलाई मौलिक अधिकारका रूपमा सुनिश्चित गरे पनि राजनीतिक अस्थिरता, सुशासनको अभाव र दण्डहीनताले त्यसको कार्यान्वयनमा चुनौती रहेको बताएकी छन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले प्रकाशन गरेको ‘नेपाल मानव अधिकार वर्ष पुस्तक’को आज यहाँ विमोचन गर्दै पूर्वराष्ट्रपति भण्डारीले नेपालको संविधानले आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारका विषयलाई पनि मौलिक अधिकारका रूपमा सुनिश्चित गरेको उल्लेख गर्दै सशस्त्र द्वन्द्वपीडितले अहिले पनि न्याय नपाएकामा चिन्ता व्यक्त गरिन्।

पूर्वराष्ट्रपति भण्डारीले सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्याउन आग्रह गर्दै भनिन्, “पीडितलाई केन्द्रमा राखेर शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्नेतर्फ सबैका ध्यान जानु पर्दछ ।”

कार्यक्रममा राष्ट्रियसभाका सांसद एवं पूर्वपरराष्ट्रमन्त्री डा विमला राई पौडेलले संविधानमा रहेको मौलिक हक र नेपालले अन्तर्राष्ट्रियस्तरमा गरेका प्रतिबद्धताअनुसार काम गर्नुपर्नेमा जोड दिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले सरकार शासक होइन सेवक हुनुपर्ने बताए । कार्यक्रममा इन्सेकका संस्थापक अध्यक्ष सुशील प्याकुरेलले नेपाल मानव अधिकार वर्ष पुस्तक इन्सेकको मात्र सम्पत्ति नभएको बताए ।

इन्सेकका अध्यक्ष डा कुन्दन अर्यालले नेपाल मानव अधिकार वर्ष पुस्तक मानव अधिकारको विषयमा चासो राख्ने सबैका लागि साझा दस्तावेज भएको बताए ।

प्रकाशित मिति : ७ फाल्गुन २०८०, सोमबार  १० : ४५ बजे

सिमकोट बजार सुनसान, व्यवसाय सञ्चालनमा ल्याउन आग्रह

सिमकोट– हुम्लाको सदरमुकाम सिमकोट आज बिहानैदेखि सुनसान देखिएको छ ।

पछिल्लो २४ घण्टामै गाजामा भएको इजरायली आक्रमणमा ५२ प्यालेस्टिनीको मृत्यु

गाजा– गाजा पट्टीका विभिन्न क्षेत्रमा जारी इजरायली हवाई आक्रमणका कारण पछिल्लो

धादिङ कारागारबाट कैदी भाग्न थालेपछि सेनाले गोली चलायो, एक जनाको मृत्यु, सात घाइते

काठमाडौँ – आगजनी गर्दै जिल्ला कारागार धादिङबाट कैदीबन्दी भाग्न थालेपछि

कञ्चनपुर प्रशासनको निर्देशन- सुरक्षाकर्मीबाट खोसिएका हातहतियार तथा गोलीगठ्ठा बुझाउनू

महेन्द्रनगर– स्थानीय प्रशासनले जेन–जी पुस्ताको आन्दोलनका क्रममा सुरक्षाकर्मीबाट खोसिएका हातहतियार

जेन–जीको आन्दोलनले ध्वस्त भए कास्कीका अधिकांश सरकारी कार्यालय (तस्बिरहरू)

काठमाडौं– जेन–जीको प्रदर्शनकारीले कास्कीका अधिकांश सरकारी कार्यालयमा आगजनी गरेका छन्