फिल्म ‘काँडेतार’लाई घेराबन्दी गर्न विदेशी शक्ति लागे : नवल खड्का « Khabarhub

फिल्म ‘काँडेतार’लाई घेराबन्दी गर्न विदेशी शक्ति लागे : नवल खड्का


३ आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – निर्देशक तथा नायक नवल खड्काले फिल्म ‘काँडेतार’लाई हलमा लाग्न नदिन विभिन्न प्रपन्च रचिएको आरोप लगाएका छन् । मुनाफाबाट सिमानामा काँडेतार लगाउने घोषणा पश्चात सो फिल्म घेराबन्दी परेको उनको दाबी छ ।

सिमानामा काँडेतार लगाउने विषयले विदेशी शक्तिसमेत फिल्म विवादमा पार्न लागि परेको उनको दाबी छ । चलचित्र जाँच समिति (सेन्सर बोर्ड) बाट पास भएको सो चलचित्रबारे विभिन्न नकारात्मक धारणा बनाएर मधेसका हलमा चल्न नदिने प्रयास भएको उनले बताए ।

उनी भन्छन्, ‘फिल्म नै नहेरी मान्छेले धारणा बनाएका छन् । यो फिल्मले खुला सिमाना हुँदा नेपाली पक्षले पाएको पीडा उजागर हुने डरले रोक्ने षड्यन्त्र भएको हो । यो फिल्म नेपालीका हितमा छ कसैविरुद्ध छैन ।’

सिमाको विषय फिल्म बनेकाले मधेसमा हलवालाले फिल्म चलाउन नसक्ने जानकारी दिएको फोन सम्वाद उनले खबरहबलाई उपलब्ध गराएका छन् । सो फोन संवादमा वीरगञ्जका एक हल व्यवसायीले भनेका छन्, ‘यो मधेशविरोधी फिल्म भनेर चर्चा छ । यहाँ फिल्म चलाइयो भने त हलमा आगो लाग्छ ।’

त्यस्तै, सामाजिक सन्जालमा यो फिल्मलाई ‘बाइकट’ अभियान चलेकाले फिल्म प्रदर्शनको संघारमा रहेका नवल दबाबमा परेका छन् । मधेशकेन्द्रित फेसबुक पेजहरूले पोस्टरमा क्रस चिह्न राखेर फिल्मको विरोध जनाइरहेका छन् ।

तर जसरी पनि फिल्म प्रदर्शन गर्ने बताउँदै नवल भन्छन्, ‘यो फिल्म प्रदर्शनबाटै रोक्न खोजिएको छ । मेरो ज्यान तलमाथि भए पनि प्रदर्शन गर्नबाट पछि पर्ने वाला छैन । नेपाल आमालाई संरक्षण गर्ने मेरो कर्तव्य हो ।’

फिल्म प्रदर्शनमा संघारमा आफूलाई आएको दबाब, पड्यन्त्र र घेराबन्दीले यो फिल्म ल्याउनै पर्ने रहेछ भन्ने महसुस भएको नबल बताउँछन् । उनी थप्छन्, ‘देशको सुरक्षाका लागि काँडेतार लगाउनुपर्छ भन्दा भारतविरोधी, मधेशविरोधी भनेर नकारात्मक प्रचार गरिएकाले नै यो फिल्मको महत्त्व दर्शाएको छ ।’

देशभक्तिपूर्ण फिल्म रहेकाले फागुन २५ गतेबाट एकल प्रदर्शनको वातावरणका लागि नवलले समन्वय र आग्रह गरिरहेको बुझिएको थियो । तर सोही दिन अन्य दुई फिल्म प्रदर्शनमा आउने भएका छन् ।

प्रकाशित मिति : ३ आश्विन २०८१, बिहीबार  ८ : ०० बजे

सहमति अनुसार एन्फा अघि नबढेको भन्दै ए डिभिजन फुटबल क्लबहरू धर्नामा

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)ले आफूहरूसँग गरेको सहमति कार्यान्वयनका

कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ ।

पहिलो चौमासिकमा काठमाडौं महानगरपालिकाको खर्च १२.९४ प्रतिशत 

काठमाडौं– चालु आर्थिक वर्षको पहिलो चौमासिक अवधिमा काठमाडौं महानगरपालिकाले १२.९४

कालीमाटी तरकारी बजारको हरियो धनियाँ र काँक्रोमा भेटियो अत्याधिक मात्रामा विषादी 

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजारमा बिक्रीका लागि राखिएको काँक्रो

बर्खे धानको समर्थन मूल्य नपाएको किसानको गुनासो

चितवन– चितवनका किसानले बर्खे धानको समर्थन मूल्य नपाएको गुनासो गरेका