फिल्म ‘काँडेतार’लाई घेराबन्दी गर्न विदेशी शक्ति लागे : नवल खड्का « Khabarhub

फिल्म ‘काँडेतार’लाई घेराबन्दी गर्न विदेशी शक्ति लागे : नवल खड्का


३ आश्विन २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – निर्देशक तथा नायक नवल खड्काले फिल्म ‘काँडेतार’लाई हलमा लाग्न नदिन विभिन्न प्रपन्च रचिएको आरोप लगाएका छन् । मुनाफाबाट सिमानामा काँडेतार लगाउने घोषणा पश्चात सो फिल्म घेराबन्दी परेको उनको दाबी छ ।

सिमानामा काँडेतार लगाउने विषयले विदेशी शक्तिसमेत फिल्म विवादमा पार्न लागि परेको उनको दाबी छ । चलचित्र जाँच समिति (सेन्सर बोर्ड) बाट पास भएको सो चलचित्रबारे विभिन्न नकारात्मक धारणा बनाएर मधेसका हलमा चल्न नदिने प्रयास भएको उनले बताए ।

उनी भन्छन्, ‘फिल्म नै नहेरी मान्छेले धारणा बनाएका छन् । यो फिल्मले खुला सिमाना हुँदा नेपाली पक्षले पाएको पीडा उजागर हुने डरले रोक्ने षड्यन्त्र भएको हो । यो फिल्म नेपालीका हितमा छ कसैविरुद्ध छैन ।’

सिमाको विषय फिल्म बनेकाले मधेसमा हलवालाले फिल्म चलाउन नसक्ने जानकारी दिएको फोन सम्वाद उनले खबरहबलाई उपलब्ध गराएका छन् । सो फोन संवादमा वीरगञ्जका एक हल व्यवसायीले भनेका छन्, ‘यो मधेशविरोधी फिल्म भनेर चर्चा छ । यहाँ फिल्म चलाइयो भने त हलमा आगो लाग्छ ।’

त्यस्तै, सामाजिक सन्जालमा यो फिल्मलाई ‘बाइकट’ अभियान चलेकाले फिल्म प्रदर्शनको संघारमा रहेका नवल दबाबमा परेका छन् । मधेशकेन्द्रित फेसबुक पेजहरूले पोस्टरमा क्रस चिह्न राखेर फिल्मको विरोध जनाइरहेका छन् ।

तर जसरी पनि फिल्म प्रदर्शन गर्ने बताउँदै नवल भन्छन्, ‘यो फिल्म प्रदर्शनबाटै रोक्न खोजिएको छ । मेरो ज्यान तलमाथि भए पनि प्रदर्शन गर्नबाट पछि पर्ने वाला छैन । नेपाल आमालाई संरक्षण गर्ने मेरो कर्तव्य हो ।’

फिल्म प्रदर्शनमा संघारमा आफूलाई आएको दबाब, पड्यन्त्र र घेराबन्दीले यो फिल्म ल्याउनै पर्ने रहेछ भन्ने महसुस भएको नबल बताउँछन् । उनी थप्छन्, ‘देशको सुरक्षाका लागि काँडेतार लगाउनुपर्छ भन्दा भारतविरोधी, मधेशविरोधी भनेर नकारात्मक प्रचार गरिएकाले नै यो फिल्मको महत्त्व दर्शाएको छ ।’

देशभक्तिपूर्ण फिल्म रहेकाले फागुन २५ गतेबाट एकल प्रदर्शनको वातावरणका लागि नवलले समन्वय र आग्रह गरिरहेको बुझिएको थियो । तर सोही दिन अन्य दुई फिल्म प्रदर्शनमा आउने भएका छन् ।

प्रकाशित मिति : ३ आश्विन २०८१, बिहिबार  ८ : ०० बजे

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया

म्याग्दीको बेनी–दरबाङ सडक बन्द

म्याग्दी – म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला

नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो

काठमाडौं – नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै गोँगबुस्थित नयाँ बसपार्कसहित