अमेरिकाले दियो शुभकामना, एमसीसी र संक्रमणकालीन न्यायमा जोड « Khabarhub

अमेरिकाले दियो शुभकामना, एमसीसी र संक्रमणकालीन न्यायमा जोड


३ आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकाले संविधान दिवस अवसरमा नेपाललाई शुभकामना दिएको छ । राष्ट्रपति जो बाइडेनका प्रमुख परराष्ट्र मामिला सल्लाहकार एवम्‌ राज्यसचिव एन्टोनी जे ब्लिन्केनले शुभकामना दिएका हुन्‌ ।

ब्लिन्केनले शुभकामना सन्देशमा नेपालमा कार्यान्वयन भइरहेको अमेरिकी सहायता एजेन्सी मिलेनियम च्यालेञ्‍ज कर्पोरेशन (एमसीसी) अनुदान परियोजना र नेपालले हालै पारित गरेको संक्रमणकालीन न्यायसम्बन्धी विधेयकको सन्दर्भ जोडेका छन्‌ ।

शुभकामना सन्देशमा लेखिएको छ, ‘नेपालसँगको हाम्रो ७७ वर्षको मित्रतालाई अमेरिकाले निकै महत्व दिएको छ । मिलेनियम च्यालेन्ज कर्पोरेसनसँग ऋणमुक्त साझेदारी, न्याय प्रवर्द्धन र प्रजातान्त्रिक सिद्धान्तहरू कायम राख्ने जस्ता पहलमार्फत जनता-जनताबीचको सम्बन्ध सुदृढ गर्न, आर्थिक वृद्धिदर बढाउने हाम्रो संयुक्त प्रयासमा हामी गर्व गर्छौं ।’

अमेरिकाले नेपालमा जलवायु परिवर्तन प्रतिरोधिता बढाउन र स्वच्छ ऊर्जा विकासमा सघाउने प्रतिबद्धता पनि व्यक्त गरेको छ । आगामी वर्षहरूमा निरन्तर सहयोग निम्ति तत्पर रहेको सो सन्देशमा उल्लेख छ ।

‘ऐतिहासिक सङ्क्रमणकालीन न्याय कानुनको हालै पारित लगायत नेपालको धेरै उपलब्धिहरूलाई मान्यता दिने यो महत्त्वपूर्ण क्षण हो र हामी पीडित र पीडितहरूलाई न्याय दिलाउन यसको सफल कार्यान्वयनको प्रतीक्षामा छौं,’ सो शुभकामना सन्देशमा बिन्केनले लेखेका छन्‌ ।

प्रकाशित मिति : ३ आश्विन २०८१, बिहीबार  ११ : ०८ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा