आइसिसी अध्यक्ष नेपालमा : भन्छन्- क्रिकेट विकासमा सहयोग गर्छु « Khabarhub

आइसिसी अध्यक्ष नेपालमा : भन्छन्- क्रिकेट विकासमा सहयोग गर्छु


६ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) अध्यक्ष ग्रेग बार्क नेपाल भ्रमणका लागि आएका छन्।

सोमबार भारतको राजधानी नयाँ दिल्लीबाट नेपाल आइपुगेका बार्कलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट सङ्घ (क्यान) का उपाध्यक्ष रोशन सिंह र सचिव पारस खड्कालगायतले स्वागत गरे। बार्क तीन दिन नेपालमा रहनेछन्।

विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले नेपालको क्रिकेट विकासमा सहयोग गर्ने बताएका हुन्। उनले भ्रणमा नेपाली क्रिकेटको संरचनाबारे निरीक्षण गर्ने जानकारी दिए्। अध्यक्ष बार्कले कीर्तिपुरस्थित त्रिवि र मूलपानी क्रिकेट मैदानको अवलोकन गर्ने र शीर्ष राजनीतिक नेतृत्वसँग भेट गर्ने कार्यक्रम छ।

विमानस्थलमा पत्रकारसँगको कुराकानीमा उनले नेपाली क्रिकेटको भविष्य राम्रो रहेको धारणा व्यक्त गरेका छन्। नेपाल भ्रमणमा बार्कलेल प्रधानमन्त्री, अर्थमन्त्री र युवा तथा खेलकुद मन्त्रीसँग क्रिकेटलाई सहयोग, आर्थिक पक्षका अवसर तथा खेलकुद नीतिबारे छलफल गर्नेछन्।

बार्क सन् २०२० मा आइसिसीको अध्यक्ष बनेका हुन्।

प्रकाशित मिति : ६ चैत्र २०८०, मंगलबार  ५ : ५९ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया