गर्मीमा खुट्टा गन्हाउने समस्याबाट यसरी छुटकारा पाउनुहोस्   « Khabarhub

गर्मीमा खुट्टा गन्हाउने समस्याबाट यसरी छुटकारा पाउनुहोस्  


६ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गर्मी लागेसँगै धेरैमा खुट्टा गन्हाउने समस्या आउने गर्दछ । जुत्ता लगाएर लामो समय बस्दा खुट्टा गनाउने समस्या झनै बढेर जान्छ । यो समस्याले कहिले काहीँ मानिसहरूको छेउमा बस्दा पनि असहज बनाउन सक्छ । यो समस्या हटाउन केही घरेलु विधिहरू अपनाउन सकिन्छ ।

खुट्टा गन्हाउने समस्या भएका मानिसहरूले राति सुत्नुअघि खुट्टामा मोजा लगाइ त्यसभित्र कागती राखेर सुत्दा यो समस्याबाट छुटकारा मिल्छ ।

कागतीको प्रयोग कसरी गर्ने ?
सुरुमा कागतीलाई दुई भागमा काट्ने । काटेको कागतीलाई पैतालामा दलेर बोक्रा सहितको कागतीलाई मोजाभित्रै राखेर सुत्नु फाइदाजनक हुन्छ । कागतीलाई मोजाभित्र कम्तीमा दुई घण्टा राख्नु राम्रो हुन्छ । यसरी कागती प्रयोग गरेको केही दिनभित्रै खुट्टा सफा र दागबाट मुक्ति मिल्छ ।

मोजाभित्र कागती राखेर सुत्दा हुने अन्य फाइदा यस्ता छन्–
– क्रिम, लोसन आदि लगाउनुका सट्टा मोजाभित्र कागती राखेर सुत्दा खुट्टा सुख्खा हुनबाट छुटकारा मिल्छ ।
मोजाभित्र कागती राखेर सुत्दा खुट्टामा आउने विभिन्न किसिमका दाग हटेर जान्छ ।
– राति सुत्नु अघि मोजाभित्र कागती राखेर सुत्दा यसले खुट्टामा आउने मासुका डल्ला पलाउने समस्याबाट छुटकारा मिल्छ ।
– कागतीको रसले पैतालाको सुख्खापन हटाउन मद्दत मिल्छ । त्यसैले पैतालालाई नरम राख्न कागती उपयोगी हुन्छ ।

श्रोत : एजेन्सीहरूको सहयोगमा

प्रकाशित मिति : ६ चैत्र २०८०, मंगलबार  ७ : ०५ बजे

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि