सूचना-प्रविधि

नेपालमा ७३ प्रतिशत परिवारले बोक्छन् स्मार्टफोन

By खबरहब

March 19, 2024

काठमाडौँ– राष्ट्रिय तथ्यांक कार्यालयले नेपालका ७३ प्रतिशत परिवारले स्मार्ट फोन प्रयोग गरेको जनाएको छ ।

नेपालका ६६ लाख परिवारमध्ये ४८ लाख ६२ हजार परिवारसँग स्मार्ट फोन रहेको राष्ट्रिय तथ्यांक कार्यालयले उल्लेख गरेको हो ।

२०७८ मा भएको जनगणना अनुसार ४९.४ प्रतिशत परिवारसँग टेलिभिजन हुँदा १५ प्रतिशत परिवारसँग कम्प्युटर रहेको छ।

त्यस्तै, ३७.८ प्रतिशत परिवारको घरमा इन्टरनेट जडान रहेको पनि ताजा तथ्यांकले देखाएको छ।

पछिल्लो १० वर्षमा ल्यान्डलाइन फोन प्रयोगकर्ता भने घटेका छन्। २०६८ को जनगणनामा ७.३ प्रतिशत परिवारसँग ल्यान्डलाइन फोन रहेकोमा २०७८ सम्म आइपुग्दा ४.५ प्रतिशतमा सीमित भएको छ।