रविको बचाउमा प्रधानमन्त्री : सहकारीको पैसा हिनामिनामा गृहमन्त्रीको संलग्नता छैन  « Khabarhub

रविको बचाउमा प्रधानमन्त्री : सहकारीको पैसा हिनामिनामा गृहमन्त्रीको संलग्नता छैन 


६ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


8.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संसद्मा प्रधानमन्त्री पुष्पकमल दाहालले सहकारीको पैसा हिनामिनाको आरोप खेपिरहेका गृहमन्त्री रवि लामिछानेको बचाउ गरेका छन् । 

प्रमुख प्रतिपक्ष दलका सांसदहरुले ठगी प्रकरणमा परेका व्यक्तिलाई गृहमन्त्रीमा नियुक्त गर्नुको कारण मागेका थिए । मंगलबारको बैठकमा प्रधानमन्त्रीले लामिछानेविरुद्ध ठोस प्रमाण नदेखिएको र जाहेरीमा पनि नाम किटान नभएकाे भन्दै उनको बचाउ गरेका हुन् ।

‘गृहमन्त्रीको सन्दर्भमा प्रतिपक्ष दलले उठाएको कुरा सूर्यदर्शन सहकारीको लेखा समिति, ऋण समिति, कर्मचारी र कुनै पनि भूमिकामा नरहेको र अदालतमा विचाराधीन मुद्दामा कतै उहाँ जोडिएको देखिएको छैन । यो घटनामा प्रहरीले अनुसन्धान गरी बुझाएको प्रतिवेदनमा सरकारीको रकम हिनामिना गरेको अभियोगमा १९ जनालाई प्रतिवादी कायम गरी कास्की जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ,’ प्रधानमन्त्री दाहालले भने, ‘चार जना पक्राउ गरिएको छ, बाँकी खोजी भइरहेको छ । मूल उजुरीको ६ महिनापछि रवि लामिछानेसहित १८ जना र कम्पनीलाई विपक्षी बनाए पूरक जाहेरी थियो । सो जोहेरीमा केही उहाँ हिनामिनामा संलग्न भएको प्रमाण छैन ।’

आरोपको आधारमा गृहमन्त्री लामिछानेको राजीनामा माग्ने विषय संसदीय अभ्यास अनुकूल नभएको प्रधानमन्त्रीले विपक्षी दललाई स्मरण समेत गराए ।

प्रकाशित मिति : ६ चैत्र २०८०, मंगलबार  १ : २० बजे

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको