रविको बचाउमा प्रधानमन्त्री : सहकारीको पैसा हिनामिनामा गृहमन्त्रीको संलग्नता छैन  | Khabarhub Khabarhub

रविको बचाउमा प्रधानमन्त्री : सहकारीको पैसा हिनामिनामा गृहमन्त्रीको संलग्नता छैन 


६ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


8.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संसद्मा प्रधानमन्त्री पुष्पकमल दाहालले सहकारीको पैसा हिनामिनाको आरोप खेपिरहेका गृहमन्त्री रवि लामिछानेको बचाउ गरेका छन् । 

प्रमुख प्रतिपक्ष दलका सांसदहरुले ठगी प्रकरणमा परेका व्यक्तिलाई गृहमन्त्रीमा नियुक्त गर्नुको कारण मागेका थिए । मंगलबारको बैठकमा प्रधानमन्त्रीले लामिछानेविरुद्ध ठोस प्रमाण नदेखिएको र जाहेरीमा पनि नाम किटान नभएकाे भन्दै उनको बचाउ गरेका हुन् ।

‘गृहमन्त्रीको सन्दर्भमा प्रतिपक्ष दलले उठाएको कुरा सूर्यदर्शन सहकारीको लेखा समिति, ऋण समिति, कर्मचारी र कुनै पनि भूमिकामा नरहेको र अदालतमा विचाराधीन मुद्दामा कतै उहाँ जोडिएको देखिएको छैन । यो घटनामा प्रहरीले अनुसन्धान गरी बुझाएको प्रतिवेदनमा सरकारीको रकम हिनामिना गरेको अभियोगमा १९ जनालाई प्रतिवादी कायम गरी कास्की जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ,’ प्रधानमन्त्री दाहालले भने, ‘चार जना पक्राउ गरिएको छ, बाँकी खोजी भइरहेको छ । मूल उजुरीको ६ महिनापछि रवि लामिछानेसहित १८ जना र कम्पनीलाई विपक्षी बनाए पूरक जाहेरी थियो । सो जोहेरीमा केही उहाँ हिनामिनामा संलग्न भएको प्रमाण छैन ।’

आरोपको आधारमा गृहमन्त्री लामिछानेको राजीनामा माग्ने विषय संसदीय अभ्यास अनुकूल नभएको प्रधानमन्त्रीले विपक्षी दललाई स्मरण समेत गराए ।

प्रकाशित मिति : ६ चैत्र २०८०, मंगलबार  १ : २० बजे

यस्तो छ आजको सागसब्जी र फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

बागमती– पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१० राप्तीरोडमा मोटरसाइकल दुर्घटना हुँदा त्यसका

चल्ला बेचेर वार्षिक तीन लाख आर्जन गर्दै कमला

लम्की– बर्दगोरिया गाउँपालिका–२ कुम्भियाकी कमला विष्टले कुखुरापालनबाट आत्मनिर्भर बन्न सकिन्छ

भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद

वीरगञ्ज – सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणबाट परिचालन

सङ्गठित अपराधमा संलग्न भएको आरोपमा चर्चित मुक्केबाजको गिरफ्तारी

वाशिङ्टन – अमेरिकी आप्रवासी एजेन्टले मेक्सिकोका चर्चित मुक्केबाज ३९ वर्षीय