काठमाडौं– एमएडब्लु वृद्धिले सेरेस ग्रुपको सोकोन ईसी ३६, ११ सिटर इलेक्ट्रिक भ्यान चाँडै नेपालमा सार्वजनिक गराउने भएको छ । अप्रिल महिनादेखि बिक्री वितरण सुरु गर्ने योजना रहेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
सेरेस ग्रूपलाई विश्वव्यापी रूपमा चोङकिङ सोकोन इन्डष्ट्रियल ग्रूपको रूपमा चिनिन्छ । जुन डोङफेङ र सेरेस ग्रूपको सहकार्यमा सन् १९८६ मा स्थापना भएको हो । यो समूहको गाडीले युरोपेली संघको प्रमाणीकरण प्राप्त गर्ने पहिलो चिनियाँ अटोमोटिभ ब्रान्डहरू एकको रूपमा पहिचान पनि पाएको छ ।
यस समूहले स्मार्ट इलेक्ट्रिक गाडीहरू, सुपर अर्बन एसयूभीएस, कम्प्याक्ट एमपीभीएस, इलेक्ट्रिक लाइट कमर्सियल गाडीहरू उत्पादन गर्दै आइरहेकाे छ । साथै यी उत्पादन ७० भन्दा बढी देशहरूमा बिक्री वितरण हुँदै आएका कम्पनीले जनाएको छ ।
प्रतिक्रिया