सकियो  ‘पुजार सार्की’को छायांकन  « Khabarhub

सकियो  ‘पुजार सार्की’को छायांकन 


६ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नायकहरू आर्यन सिग्देल,  प्रदीप खड्का र पल शाहको मुख्य भूमिका रहने भनिएको फिल्म ‘पुजार सार्की’को छायांकन सकिएको छ । 

निर्देशक दिनेश राउतले ४८ दिनमा छायांकन सकिएको जानकारी दिएका हुन् । उनले छायांकनमा सहयोग पुर्‍याउने सबै पक्षलाई धन्यवादसमेत दिएका छन् ।

फिल्मको छायांकन कास्कीको कास्कीकोट क्षेत्र आसपासमा गरिएको निर्माण पक्षले बताएको छ ।

जातीय विभेदविरुद्ध तीन पात्रले गर्ने साझा सङ्घर्षको कथामा आधारित फिल्म बनेको निर्देशक राउतको भनाइ छ । 

विकास सुवेदीको लेखन रहेको यो फिल्ममा तीन नायकसहित अन्जना बराइली र परीक्षा लिम्बू पनि मुख्य भूमिका देखिने बताइएको छ । 

फिल्ममा प्रदीप ‘मैत बहादुर’को भूमिकामा देखिने निर्माण पक्षले उनको जन्मदिनको अवसर पारेर खुलासा गरेको थियो । त्यस्तै आर्यन सिग्देलको चरित्र खुल्ने भिडियो केही दिनअघि सार्वजनिक भएको थियो ।

किङ्गडम नेटवर्कको ब्यानरमा बन्ने यो फिल्मका निर्माता सुवास भुसाल हुन् ।

प्रकाशित मिति : ६ चैत्र २०८०, मंगलबार  ३ : ४२ बजे

जग्गा भाडामा लिएर सयपत्री खेती

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित बिजौरी साना किसान कृषि सहकारी

लागूऔषधसहित १४ जना पक्राउ

काठमाडौँ–  नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित

फूलपातीका दिन गृहमन्त्री गुरुङले गरे तलेजु भवानी र कुमारीको दर्शन

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले बडादसैँको फूलपातीका दिन आज हनुमानढोका

फूलपातीका लागि असन र इन्द्रचोकमा चहलपहल

काठमाडौँ- बडादसैँको सातौँ दिन फूलपाती भित्र्याउने तयारीसँगै काठमाडौँका पुराना बजार क्षेत्रमा

वीरगञ्जका मुख्य सडक विस्तार हुँदै

वीरगञ्ज – हेटौँडास्थित सडक डिभिजन कार्यालयले यहाँका मुख्य सडक विस्तार