यस्तो देखियो ‘महाजात्रा’को प्रिमियर (तस्बिरहरु) « Khabarhub

यस्तो देखियो ‘महाजात्रा’को प्रिमियर (तस्बिरहरु)


६ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रदीप भट्टराईको निर्देशन रहेको ‘महाजात्रा’ प्रिमियर शो सुन्धारास्थिति सिभिल मलमा गरिएको छ । मंगलबार गरिएको प्रिमियरमा कलाकारहरु र सञ्चारकर्मीको बाक्लो उपस्थिती छ ।

प्रिमियर समारोहमा कलाकार मदनकृष्ण श्रेष्ठ, शिवहरि पौडेल, किरण केसी, दीपाश्री निरौला लगायतको उपस्थिति थियो ।

जात्राको तेस्रो श्रृङ्खलाको रुपमा तयार गरिएको यो फिल्म शुक्रबारबाट विश्वभर एकसाथ प्रदर्शनमा आउँदैछ ।

कमेडी जनराको यो फिल्ममा वरिष्ठ कलाकार हरिवंश आचार्य, राजाराम पौडेल, नायक विपिन कार्की, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, दिव्य देव, वर्षा राउत, गौमाया गुरुङलगायतको अभिनय रहेको छ ।

षट्कोण आर्टको ब्यानरमा बनेको यो फिल्मको लेखक भट्टराई स्वयं हुन् । फिल्ममा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलको लागानी रहेको छ । पुरुषोत्तम प्रधानले क्यामेराम्यानको जिम्मेवारी निर्वाह गरेका छन् ।

हेनुहोस् तस्बिरहरु

प्रकाशित मिति : ६ चैत्र २०८०, मंगलबार  ६ : २५ बजे

कतारको प्रतिनिधिमण्डल वार्ताका लागि तेहरानमा

तेहरान – मध्यपूर्वको युद्ध अन्त्यका लागि वार्ता गर्न कतारको एक

नियन्त्रणमा लिइएका पत्रकारलाई तत्काल रिहा गर्न प्रधानमन्त्री बालेनको कडा निर्देशन

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका पत्रकारलाई पक्राउ गरिएको घटनाप्रति प्रधानमन्त्रीको कार्यालयले

पत्रकार धरपकड अलोकतान्त्रिक प्रवृत्ति हो: एमाले प्रचार विभाग प्रमुख आचार्य

काठमाडाैँ नेकपा (एमाले) का प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज

पत्रकार गिरफ्तार गर्नु सर्वसत्तावादी प्रवृत्तिको पराकाष्ठा हो: कांग्रेसका महामन्त्री पौडेल

काठमाडाैँ – समाचार संकलन तथा सूचना सार्वजनिक गरेकै भरमा प्रहरी