म्यान्मामा हवाई आक्रमणमा २० जनाको मृत्यु, राष्ट्रसङ्घ प्रमुखद्वारा चिन्ता व्यक्त | Khabarhub Khabarhub

म्यान्मामा हवाई आक्रमणमा २० जनाको मृत्यु, राष्ट्रसङ्घ प्रमुखद्वारा चिन्ता व्यक्त


६ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

बैंकक– म्यान्मारको रखाइन प्रान्तका ग्रामीण इलाकामा जारी हवाई आक्रमणबाट आफू ‘चिन्तित’ भएको संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेसले बताएका छन् । स्थानीयले एएफपीलाई बताएअनुसार सेनाले गरेको हवाई आक्रमणमा कम्तीमा २० जनाको मृत्यु भएको थियो ।

म्यान्मारको पश्चिमी राखिन राज्यमा गत नोभेम्बरमा अराकान आर्मी (एए) ले सुरक्षा फौजमाथि आक्रमण गरेपछि झडप भएको थियो ।

महासचिव गुटेर्रेसले सोमबार जारी वक्तव्यमा भनिएको छ, ‘सेनाले मिनब्या बजारमा गरेको हवाई आक्रमणमा कैयौँ सर्वसाधारणको मृत्यु भएको र दर्जनौँ घाइते भएको खबरले आफूलाई चिन्तित तुलाएको छ ।’

हालका हप्ताहरूमा अराकन लडाकुहरूले मिनब्याको राजधानी सिट्वेको पूर्वमा अवस्थित उक्त बजारमा आक्रमण गरी केन्द्रको बजारसँगको सम्पूर्ण विच्छेद् गरिदिएका छन् । 

थार डार गाउँमा सोमबार राति १ः४५ बजे भएको हवाई आक्रमणमा १० पुरुष, चार महिला र १० बालबालिकाको मृत्यु भएको एक स्थानीयले एएफपीलाई जानकारी दिएका छन् ।

“हाम्रो गाउँमा कुनै झडप भएको थिएन । उनीहरूले हामीमाथि सिधै आकाशबाट बम प्रहार गरेका थिए,” सुरक्षाको कारण देखाउँदै नाम उल्लेख नगर्ने शर्तमा उनले बताए। 

अर्का स्थानीयले विस्फोटमा परी २३ जनाको मृत्यु भएको र १८ जना घाइते भएको बताए । सन् २०१७ मा भएको सैन्य कारबाहीका कारण रखाइनमा दशौँ हजार रोहिङ्ज्या समुदाय भागेर छिमेकी मुलुक बङ्गलादेश पुगेका थिए ।

जुन्टा सेनाले सिट्वेलाई आफ्नो नियन्त्रणमा राखेको छ तर हालैका हप्ताहरूमा अराकन लडाकुहरूले वरपरका जिल्लाहरूमा सफलता प्राप्त गरेका छन् ।

छिमेकी मुलुक भारत र बङ्गलादेशमा पनि युद्ध फैलिएको छ । गत महिना पनि बङ्गलादेशमा भएको झडपका क्रममा म्यान्माबाट मोर्टार प्रहार हुँदा कम्तीमा दुई जनाको मृत्यु भएको थियो ।

सन् १९४८ मा बेलायतबाट स्वतन्त्र भएदेखि नै स्वायत्तता र आकर्षक स्रोतसाधनको नियन्त्रणका लागि सेनासँग लडेका म्यान्माको सीमावर्ती क्षेत्रका थुप्रै सशस्त्र जातीय अल्पसङ्ख्यक समूहमध्ये अराकन आर्मी पनि एक हो ।

प्रकाशित मिति : ६ चैत्र २०८०, मंगलबार  ६ : ४२ बजे

संरक्षित वन्यजन्तुको ओखेटोपहारसहित दुई युवक पक्राउ

काठमाडौं– भालुको पित्तजस्तो देखिने संरक्षित वन्यजन्तुको आखेटोपहारसहित दुई युवा पक्राउ

दल दर्ताको निवेदन दिएपछि प्रकाण्डले भने- आजको दिन राजनीतिमा ऐतिहासिक हो 

काठमाडौं- नेत्रविक्रमचन्द विप्लव नेतृत्वको दल नेकपाका प्रवक्ता खड्कबहादुर विश्वकर्माले निर्वाचन

ट्रम्प-ताकाइचीबीच ‘नयाँ स्वर्ण युग’को घोषणा

टोकियो– अमेरिकासँग महत्त्वपूर्ण खनिज सुरक्षा सम्झौता गर्नुअघि जापानकी नयाँ प्रधानमन्त्री

सिन्धुलीमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु

सिन्धुली– बिपी राजमार्गअन्तर्गत सुनकोसी गाउँपालिका–६ चैनपुरमा आज कार दुर्घटना हुँदा

बजेट अभावमा तङ्ग्राम स्वास्थ्यचौकी भवन अधुरै

गलकोट– काठेखोला गाउँपालिका–४ स्थित तङ्ग्राम आधारभूत स्वास्थ्य चौकीको भवन बजेट