नाइजेरियामा बन्दुकधारीद्वारा ८७ जना अपहरण « Khabarhub

नाइजेरियामा बन्दुकधारीद्वारा ८७ जना अपहरण


६ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नाइजेरियामा बन्दुकधारीहरूले पुनः आक्रमण गरेर ८७ जनाको अपहरण गरेको अधिकारी र बासिन्दाहरूले बताएको अल जजिराले उल्लेख गरेको छ । एउटा सशस्त्र समूहले एउटा विद्यालयबाट दुई सय ८६ विद्यार्थी र कर्मचारीजलाई कब्जामा लिएको ठीक एक महिनापछि पछिल्लो अपहरण भएको हो ।

अधिकारीहरूका अनुसार पछिल्लो आक्रमण कदुना राज्यको कजुरु क्षेत्रमा भएको थियो । अपहरणमा महिला तथा बालबालिका परेका छन् । संयुक्त राष्ट्रसङ्घका अनुसार गाउँहरूको नियमित लुटपाट र फिरौतीका लागि ठूलो मात्रामा अपहरण गर्ने डाकाहरूले उत्तरपश्चिम र उत्तर–मध्य नाइजेरियालाई अशान्त बनाएका छन् । यसबाट करिब १० लाख मानिस विस्थापित भएका छन् ।

दैनिक जस्तो हुने आक्रमणलाई रोक्न अधिकारीहरू असमर्थ देखिएकाले राष्ट्रपति बोला अहमद टिनुबमाथि व्यापक दबाब परेको छ । कदुना प्रहरी प्रवक्ता मन्सुर हसनले कजुरु घटना आइतबार राति भएको बताए । उनले अपहृत गाउँलेहरूलाई उद्धार गर्ने प्रयासमा सुरक्षा बललाई परिचालन गरिएको जानकारी दिए ।

सेनाको पोसाक लगाएका सशस्त्र हमलाकारीहरूले केही दूरीमा आफ्ना मोटरसाइकलहरू पार्क गरेर गाउँमा प्रवेश गरेको प्रत्यक्षदर्शीहरूले बताएका छन् । गाउँका प्रमुख तान्को सरकिनले ८७ जनालाई जबर्जस्ती बन्दी बनाइएको पुष्टि गरे ।

अर्का बासिन्दा अरुवा याउले पक्राउ परेको र पछि आफ्नो कमजोर स्वास्थ्यका कारण रिहा गरेको दर्दनाक अनुभव सुनाए । उनले स्थानीय सरकारी क्लिनिकमा उपचारको माग गरे । अल जजिराका अनुसार श्रीमती र दुई छोरी रहेका हारुना अतिकुले डाकाहरूले अचानक गरेको आक्रमणको वर्णन गर्दै उनीहरूले खुलेआम हिंसा गरेको बताए ।

अधिकारीहरूका अनुसार उक्त घटनाको केही दिनअघि मात्र १० किलोमिटर टाढा डोगोन नोमा क्षेत्रमा १६ व्यक्तिको अपहरण गरिएको थियो । मार्च ७ मा कजुरुदेखि करिब एक सय ५० किलोमिट टाढा कुरिगा गाउँको एक विद्यालयबाट दुई सय ५० भन्दा धरै विद्यार्थीको ठूलो मात्रामा अपहरणपछि उक्त अपहरण भएको हो ।

सुरुमा बोको हरामसँग सम्बन्धित विद्यालय अपहरण ठूलो फिरौतीको माग गर्ने आपराधिक गिरोहहरूको मनपर्ने रणनीति बनेको छ । अपहरणकर्ताहरूलाई फिरौती दिन रोक लगाउने सन् २०२२ को कानूनका बावजुद कुराकानीले प्राय बन्धकहरू रिहा हुने गरेका छन् ।

प्रकाशित मिति : ६ चैत्र २०८०, मंगलबार  ८ : ५९ बजे

मोदी खोलामा बजेको खतराको घण्टी !

गण्डकी– हिमनदी भत्केर भोटेकोशी–त्रिशूली नदीमा गएको प्रलयकारी बाढीले निम्ताएको शोक

‘विवादित पात्रलाई जेन-जीको मञ्चमा किन ल्याइयो, सरकारले जवाफ दिनुपर्छ’

काठमाडौं- जेन-जी आन्दोलनका अगुवा मिराज ढुङ्गानाले जेनजी सहिदहरूको स्मृति सभाको

रविले संसद्‍बाट भने : बाढीपीडितलाई गाली, साइबर बुलिङ र अपमान गर्ने अन्धसमर्थक रास्वपालाई चाहिँदैन

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद् बैठकमा सम्बोधन

सरकार सुशासनको स्पिडमा दैडिन खोज्छ के नमिलेर हो, अदालतले झ्याप्-झ्याप् ब्रेक लगाइदिन्छ : रमेश प्रसाईं

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रमेश प्रसाईंले जेन-जी आन्दोलनका सहिदप्रति श्रद्धाञ्जली

संसद्मा पुगेका प्रधानमन्त्रीलाई प्रश्न : गाह्रो भइसक्यो, ग्यास कहिले पाइन्छ ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद् बैठकमा सम्बोधन गर्दा