होटल एभरेष्टमा ‘म्याड वल्फ होली फेस्टिभल’ हुँदै « Khabarhub

होटल एभरेष्टमा ‘म्याड वल्फ होली फेस्टिभल’ हुँदै


६ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । यस वर्षको होलीमा होटल एभरेष्टमा ‘म्याड वल्फ होली फेस्टिभल’ हुने भएको छ । केटीएम लाइभ इन्टरटेनमेन्टको आयोजनामा बानेश्वरस्थित होटल एभरेष्टमा म्याड वल्ड होली फेस्टिभल हुने भएको छ ।

यो वर्षको होली आगामी चैत ११ गते रहेको छ । सहभागीले होली फेस्टिभलमा रंग खेल्न टिकट काट्नुपर्ने आयोजकले जनाएको छ । कार्यक्रम ११ बजेबाट सुरु हुनेछ ।

डिजे कलाकारहरूमा कुश, डिजे मार्टी, मनिष, डिजे फिन्जोक, डिजे नोर्छेन, डिजे अनिष, डिजे बिकी कुल, डिजे र्‍याबिट, डेभिड ल्हो, वोङ्फे र डिजे पाल्तेनको लगायत सहभागिता रहनेछ । त्यसैगरी कार्यक्रम सञ्चालनका लागि सञ्जय सिलवाल गुप्ता, रविन श्रेष्ठ र रक्षा उप्रेतीको उपस्थिति रहनेछ ।

सहभागीले खल्ती एपबाट टिकट लिनुपर्ने बताइएको छ । प्रवेश शूल्क १ हजार ५ सय रहेको छ । सहभागीले १५ सयको टिकटमा कलर बम पाउने छन् ।

फेस्टिभलमा फुड र भेपको स्टल रहने पनि बताइएको छ । इभेन्टको मुख्य सहयोगी पार्टनर रुस्लान भोड्का, काला पत्थर, विनायक फेब्रिकेसन, मिउमिउ, खल्ती एप र आइएसएस रहेका छन् ।

प्रकाशित मिति : ६ चैत्र २०८०, मंगलबार  १० : ०४ बजे

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५

बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

बर्दिया – यहाँको राजापुर नगरपालिका-३ तिघ्रामा एक जनाको ज्यान लिएको