लुम्बिनीमा ‘समृद्धिका लागि विश्व शान्ति’ सम्मेलन हुँदै « Khabarhub

लुम्बिनीमा ‘समृद्धिका लागि विश्व शान्ति’ सम्मेलन हुँदै


६ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । बुद्ध जन्मस्थल लुम्बिनीमा ‘समृद्धिका लागि विश्व शान्ति’ विषयमा अन्तर्राष्ट्रिय कन्क्लेभ हुने भएको छ ।

यही चैत ८ र ९ गतेसम्म हुने उक्त कार्यक्रममा नेपालमा राजदुतावास नभएका तर नेपाललाई प्रतिनिधित्व गर्ने विभिन्न १८ देशका राजदूत तथा प्रतिनिधि, नेपालका लागि विभिन्न देशका अवैतनिक वाणिज्यदूत, परराष्ट्र मन्त्रालयका उच्च अधिकारी, परराष्ट्र तथा सम्पदा विज्ञलगायतको उपस्थिति रहनेछ ।

सम्मेलन परराष्ट्र मन्त्रालय र नेपालमा कार्यरत अवैतनिक वाणिज्यदूतहरुको संस्था अन्तर कन्सुलर कर्पस नेपाल (एचसिसीएन) को संयुक्त आयोजनामा हुन लागेको हो । कार्यक्रममा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङलगायत लगानी बोर्ड, नेपाल पर्यटन बोर्ड तथा लुम्बिनी विकास कोषका उच्च अधिकारीको पनि उपस्थिति रहने बताइएको छ ।

बुद्ध जन्मस्थल लुम्बिनीको प्रचारप्रसार, पर्यटन अभिवृद्धि, नेपालमा लगानी अभिवृद्धि तथा विश्व भाइचारा अभिवृद्धि गर्ने उद्देश्य लिएको उक्त सम्मेलनको अन्त्यमा शान्ति सन्देशसमेत जारी गरिने तयारी रहेको आयोजकले जनाएको छ । सम्मेलनमा नेपालमा लगानीका अवसर, पर्यटन प्रवद्धन, लुम्बिनीको अन्तर्राष्ट्रिय महत्वलगायतका विषयमा छलफल र प्रस्तुति गरिने कार्यक्रम छ ।

एचसिसीएनका डिन विष्णुकुमार अग्रवालले विश्वका झण्डै एक अर्ब बुद्ध धर्मावलम्बीसँग लुम्बिनीलाई जोड्न र यो ऐतिहासिकस्थलको सांस्कृतिक तथा धार्मिक महत्वलाई अझ उजागर गर्न कार्यक्रम आयोजना हुन लागेको बताए ।

उनले नेपालमा लगानीको अवसर बढाउन पनि कार्यक्रमले योगदान गर्ने उनले उल्लेख गरे। नेपाल पर्यटन बोर्ड तथा लगानी बोर्डको कार्यालयलको पनि सम्मेलनमा सहयोग रहेको छ ।

प्रकाशित मिति : ६ चैत्र २०८०, मंगलबार  १० : २६ बजे

अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग

कास्की – बाढीपहिरोलगायत विपद्बाट प्रभावित परिवारको राहत, उद्धार तथा पुनःस्थापनाका

मुस्लिम समुदायका लागि मधेशमा बुधबार बिदा

जनकपुर – मधेस प्रदेश सरकारले मोहम्मद जयन्ती (मोहम्मद दिवस) को

नेपालले पिकलबलको विश्वकप खेल्ने

काठमाडौं – नेपालले पिकलबल विश्वकपको तेश्रो संस्करण खेल्ने भएको छ

प्रदेश र स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढ गर्छौं : मुख्यमन्त्री शाही

कर्णाली – कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले प्रदेशको विकास र

राष्ट्रपतिद्वारा चाँगुनारायणको कलशमा छायाँ दर्शन

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले ऐतिहासिक तथा परम्परागत चाँगुनारायणको कलश