आज २०८१ साल वैशाख ७ गते शुक्रबारको राशिफल « Khabarhub

आज २०८१ साल वैशाख ७ गते शुक्रबारको राशिफल


७ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


5.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज २०८१ साल वैशाख ७ गते शुक्रबार तदनुसार सन् २०२४ अप्रिल १९ तारिख। चैत शुक्ल पक्षको कामदा एकादशी तिथि। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प. सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : प्रतिस्पर्धामा विजयी बन्ने योग छ। मन खुशी हुनेछ। शिक्षा क्षेत्रमा सफलता मिल्नेछ। सामाजिक क्षेत्रमा सम्मान मिल्नेछ। स्वदेशमै रोजगारीको अवसर मिल्नेछ। परिवारबाट साथ र सहयोग मिल्नेछ।

वृष : आफ्नो काम आफै गर्नुपर्ने देखिन्छ। खर्च बढ्ने योग छ। अरुलाई विश्वास गर्नु धोखा हुनेछ। धर्मममा मन जानेछ। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : राम्रो कामको सुरुवात हुनेछ। परिवारको साथ मिल्नेछ। विदेशमा गरेको लगानीबाट उन्नति हुनेछ। सामाजिक क्षेत्रमा सम्मान मिल्नेछ। भौतिक सुख र सुविधाले दिन रमाइलोसँग बित्नेछ।

कर्कट : लामो समयदेखि रोकिएका काम अगाडि बढ्नेछन्। आफ्ना भन्नेसँगै जोगिएर काम गर्नु राम्रो हुन्छ। परिवारबाट साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

सिंह : शिक्षा क्षेत्रमा राम्रो नतिजा प्राप्त हुनेछ। तपाईंको प्रशंसा हुनेछ। सामाजिक सेवामा सम्मान प्राप्त हुने योग छ। लामो समय रोकिएको वैदेशिक क्षेत्रमा गरेको लगानीबाट उत्साह मिलनेछ। प्रेम सम्बन्धलाई सचेत भएर अगाडि बढाउनु राम्रो हुन्छ।

कन्या : सामान हराउने जोखिम देखिन्छ। मन दुःखी हुनेछ। आँटेको काम सचेत भएर गर्नुपर्ने दिन छ। लगानी गर्दा विशेष ध्यान दिनु राम्रो हुन्छ। परिवारको साथ मिल्नेछ। वैदेशिक क्षेत्रको लगानीबाट उत्साह मिल्नेछ।

तुला : मिठो खान पाइने छ। आफ्नो रुचि अनुसारको काम गरेमा सफलता मिल्नेछ। शिक्षामा राम्रो नतिजा प्राप्त हुनेछ। परिवारको साथ र सहयोग रहनेछ। स्वदेशमै लगानीको अवसर देखिन्छ।

वृश्चिक : प्रतिष्ठा बढ्नेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउने योग छ। खुट्टा तान्ने र कुरा काट्नेहरु सक्रिय छन्। उनीहरुबाट जोगिएर काम गर्दा सफलता मिल्नेछ। अचानक रोग बढ्ने जोखिम छ। खानपानमा सचेत हुनुपर्ने देखिन्छ।

धनु : नयाँ कामको थालनी हुनेछ। धार्मिक क्षेत्रमा मन जानेछ। परोपकार गर्नु राम्रो हुनेछ। स्वदेशमै गरेको लगानीले फाइदा गर्नेछ। परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मकर : व्यवहार गर्दा सचेत हुनुपर्ने दिन छ। गलत संगतले मन भारी हुनेछ। हरेक क्षेत्रमा गरेको लगानीबाट घाटा सहनु पर्ने देखिन्छ। स्वदेशमा भन्दा विदेशमा गरेको लगानीले फाइदा दिनेछ।

कुम्भ : प्रेमिकाको सुझाव अनुसार अगाडि बढ्नु राम्रो हुनेछ। आफ्नो बोलीले आफै अफ्ठेरोमा पर्ने हुनसक्छ। आज हरेक क्षेत्रमा विवाद हुनसक्छ। परिवार र प्रेम सम्बन्ध भने सुमधुर बन्नेछ।

मीन : न्याय क्षेत्रमा सफलता मिल्नेछ। अचानक धन खर्च हुने योग छ। खर्च गर्ने क्षेत्रमा सचेत हुनुपर्ने देखिन्छ। शिक्षा र स्वास्थ्य क्षेत्रको लगानीबाट फाइदा हुनेछ। मनमा उत्साह बढ्नेछ।

प्रकाशित मिति : ७ बैशाख २०८१, शुक्रबार  ५ : ०० बजे

यामालसँगको तस्बिरबारे मेसीले भने : जीवनकै अविश्वसनीय संयोग

काठमाडौं – अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले स्पेनका युवा स्टार लामिने

राष्ट्रिय आयुर्वेद केन्द्रलाई उत्कृष्ट सेवाकेन्द्रका रूपमा विकास गर्न मन्त्री मेहताको जोड

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले आज

म्याग्दीको विकासमा सघाउने मन्त्री पुनको प्रतिबद्धता

गण्डकी – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले म्याग्दीको बेनी–दरबाङ

गण्डकीका आठ जिल्लामा रात्रिकालीन यातायात बन्द गरिने

गण्डकी – जल तथा मौसम विज्ञान विभागले आज र आइतबार

अमेरिका–इरान तनाव चर्कियो, पानी शुद्धीकरण प्लान्टहरू पनि आक्रमणको निशानामा

काठमाडौं – अमेरिका र इरानबीचको बढ्दो तनावका बीच समुद्रको खारा