आईपिएल : पञ्जाबमाथि मुम्बई ९ रनले विजयी « Khabarhub

आईपिएल : पञ्जाबमाथि मुम्बई ९ रनले विजयी


७ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


363
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा पञ्जाब किंग्समाथि मुम्बई इन्डियन्सले ९ रनको जित निकालेको छ।

टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको मुम्बईले ७ विकेटको क्षतिमा १९२ रन बनाएको थियो। १९३ रनको लक्ष्य पछ्याएको पञ्जाब १९ ओभर १ बलमा १८३ रन बनाएर अलआउट भएको हो।

मुम्बईका लागि सूर्यकुमार यादवले सर्वाधिक ७८ रन बनाए। ५३ बल खेलेका उनले सात चौका र तीन छक्का प्रहार गरेका थिए। रोहित शर्माले ३६ रन बनाउँदा तिलक बर्माले नटआउट ३४ रन जोडे। टिम डेबिड १४ रनमा आउट हुँदा कप्तान हार्दिक पाण्डेय १० रनमा समेटिए।

मुम्बईको इनिङ कमजोर पार्न पञ्जाबका लागि हर्षल पट्टेलले ३१ रन खर्चिएर तीन विकेट लिए। श्याम कुरानले दुई विकेट लिएको खेलमा कासिगो रबडाले एक विकेट हात पारे।

१९३ रनको लक्ष्य पछ्याएको पञ्जाबका लागि आशुतोष शर्माले ६१ रन बनाउँदा शशांक सिंहले ४१ रन जोडे। हरप्रित बरारले २१ रन जोड्दा हरप्रीत सिंहले १३ रन मात्र जोडे। अन्य ब्याट्सम्यानले भने दोहोरो अंक जोड्न सकेनन्।

मुम्बईका लागि जसप्रित बुमराह र जेराल्ड कोटेजले तीन–तीन विकेट हात पारे। आकाश माधवा, हार्दिक पाण्डेया र श्रीयस गोपालले एकएक विकेट लिए।

यो जितसँगै मुम्बई सात खेलमा तीन जितसहित सातौं स्थानमा छ। समान खेल खेलेको पञ्जाब दुई जितसहित चार अंक बनाएर नवौं स्थानमा छ।

आईपिएल अन्तर्गत शुक्रबार लखनउ सुपर जाइन्ट्स र चेन्नई सुपर किंग्सबिच प्रतिस्पर्धा हुँदैछ। यो खेल शुक्रबार साँझ ७:४५ बजे सुरु हुनेछ।

प्रकाशित मिति : ७ बैशाख २०८१, शुक्रबार  ६ : ४५ बजे

साउदीमा ड्रोन आक्रमणमा नेपालीको मृत्यु: कामदारको सुरक्षा सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ – साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणका

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण: सिंचाइमा सहज

तुलसीपुर – दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा

बाढी र पहिरोले गोरखा–धादिङ सडक पूर्ण अवरुद्ध, बेनी–जोमसोम र कर्णाली राजमार्ग एकतर्फी

काठमाडौँ – बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग

जाभी रोड्रिग्वेजको दुई गोलमा सेल्टा भिगोको पुनरागमन जित

काठमाडौँ – स्पेनिस क्लब सेल्टा भिगोसँग पुनरागमन पराजय व्यहोरेपछि स्कटिस

ह्यारी ब्रुकले बनाए ऐतिहासिक दोहोरो शतक: क्रिस गेलको दुर्लभ कीर्तिमानमा गरे बराबरी

काठमाडौँ – इङ्गल्यान्डका कप्तान ह्यारी ब्रुकले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेटमा