आईपिएल : पञ्जाबमाथि मुम्बई ९ रनले विजयी « Khabarhub

आईपिएल : पञ्जाबमाथि मुम्बई ९ रनले विजयी


७ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


363
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा पञ्जाब किंग्समाथि मुम्बई इन्डियन्सले ९ रनको जित निकालेको छ।

टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको मुम्बईले ७ विकेटको क्षतिमा १९२ रन बनाएको थियो। १९३ रनको लक्ष्य पछ्याएको पञ्जाब १९ ओभर १ बलमा १८३ रन बनाएर अलआउट भएको हो।

मुम्बईका लागि सूर्यकुमार यादवले सर्वाधिक ७८ रन बनाए। ५३ बल खेलेका उनले सात चौका र तीन छक्का प्रहार गरेका थिए। रोहित शर्माले ३६ रन बनाउँदा तिलक बर्माले नटआउट ३४ रन जोडे। टिम डेबिड १४ रनमा आउट हुँदा कप्तान हार्दिक पाण्डेय १० रनमा समेटिए।

मुम्बईको इनिङ कमजोर पार्न पञ्जाबका लागि हर्षल पट्टेलले ३१ रन खर्चिएर तीन विकेट लिए। श्याम कुरानले दुई विकेट लिएको खेलमा कासिगो रबडाले एक विकेट हात पारे।

१९३ रनको लक्ष्य पछ्याएको पञ्जाबका लागि आशुतोष शर्माले ६१ रन बनाउँदा शशांक सिंहले ४१ रन जोडे। हरप्रित बरारले २१ रन जोड्दा हरप्रीत सिंहले १३ रन मात्र जोडे। अन्य ब्याट्सम्यानले भने दोहोरो अंक जोड्न सकेनन्।

मुम्बईका लागि जसप्रित बुमराह र जेराल्ड कोटेजले तीन–तीन विकेट हात पारे। आकाश माधवा, हार्दिक पाण्डेया र श्रीयस गोपालले एकएक विकेट लिए।

यो जितसँगै मुम्बई सात खेलमा तीन जितसहित सातौं स्थानमा छ। समान खेल खेलेको पञ्जाब दुई जितसहित चार अंक बनाएर नवौं स्थानमा छ।

आईपिएल अन्तर्गत शुक्रबार लखनउ सुपर जाइन्ट्स र चेन्नई सुपर किंग्सबिच प्रतिस्पर्धा हुँदैछ। यो खेल शुक्रबार साँझ ७:४५ बजे सुरु हुनेछ।

प्रकाशित मिति : ७ बैशाख २०८१, शुक्रबार  ६ : ४५ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार