एकीकृत समाजवादीले सदस्यताको प्रमाणीकरण गर्दै « Khabarhub

एकीकृत समाजवादीले सदस्यताको प्रमाणीकरण गर्दै


७ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (एकीकृत समाजवादी) ले महाधिवेशन प्रतिनिधि चयन गर्न पार्टीका नेताहरूको सदस्यताका साथै प्रतिनिधिको सङ्गठित सदस्यको सदस्यता परीक्षण गर्ने भएको छ । 

पार्टी मातहतका कमिटीले प्रदान गरेको सदस्यता एवं नवीकरणका सबै प्रक्रियाको प्रमाणीकरण गर्न लागिएको महासचिव घनश्याम भुसालले जानकारी दिए। उनका अनुसार पार्टीले यही वैशाख १५ गतेभित्र सम्बन्धित सदस्यको शुल्कसहितको नवीकरण कागजात, नामावली विवरण केन्द्रमा पठाउन सबै कमिटी, विभाग, फाँटलाई निर्देशन दिएको छ । 

महासचिव भुसालले भने, ‘१५ गतेपछि प्रदान गरिएका र नवीकरण गरिएका सङ्गठित सदस्यलाई आसन्न १०औँ महाधिवेशनका लागि समावेश गरिने छैन ।’ 

पार्टीले मातहतका केन्द्रीय निकाय, प्रदेश कमिटी, जिल्ला कमिटीलगायत कमिटीलाई सम्बन्धित प्रतिनिधिको समयसीमा अगावै सिफारिस गरेका नामावलीलाई पार्टी केन्द्रीय संगठन विभागले यही वैशाख ३० गतेसम्म प्रमाणीकरण गरी सम्बन्धित निकायमा विवरण पठाउने उनले जानकारी दिए। 

सोही प्रमाणीकरणका आधारमा प्रतिनिधि चयन गरिने छ । सबै कमिटीले सम्बन्धित नेताहरूको सङ्गठनमा गरेको योगदान तथा कार्यसम्पादनको मूल्याङ्कनका आधारमा प्रतिनिधिको सिफारिस गर्नेछन् ।

समीकरणमा आएको परिवर्तन, आन्तरिक तयारीको कमी, आसन्न उपनिर्वाचनलगायत कारणले महाधिवेशन सरेको भन्दै महासचिव भुसालले पार्टीले आगामी असार १६ देखि २० गतेसम्म काठमाडौँमा राष्ट्रिय महाधिवेशन गर्न लागेको जानकारी दिए। 

प्रकाशित मिति : ७ बैशाख २०८१, शुक्रबार  ११ : ५२ बजे

प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फ दललाई चुनाव चिह्न प्रदान

काठमाडौं– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य

आज देशभरको मौसम सफा रहने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण, अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

एमालेको ११औँ महाधिवेशन आजदेखि, २२ सय बढी प्रतिनिधि सहभागी हुँदै

काठमाडौं– नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनआजदेखि सुरु हुँदैछ । महाधिवेशनको

सुदूरपश्चिम रोयल्स कि लुम्बिनी लायन्स ? कसले जित्ला एनपीएल ?

काठमाडौं– नेपाल प्रिमियर लिग एनपीएलकोे फाइनल खेल आज कीर्तिपुरस्थित त्रिवि