महाजात्राले कमायो २६ करोड ६५ लाख « Khabarhub

महाजात्राले कमायो २६ करोड ६५ लाख


७ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


8.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको पाँचौँ सातामा प्रवेश गरेको छ ।

यसका साथै फिल्मले चौथो सातासम्म नेपालमा १५ करोड ९० लाख र अन्तर्राष्ट्रिय बजारमा १० करोड ७५ लाख रुपैयाँको व्यापार गर्दै विश्वभरबाट २६ करोड ६५ लाख रुपैयाँको ग्रस कलेक्सन गरेको छ ।

नेपालमा षट्कोण आर्ट्सबाट निर्मित अघिल्ला फिल्मको रेकर्ड तोडेको फिल्म ‘महाजात्रा’ अन्तर्राष्ट्रिय बजारमा सर्वाधिक कमाइ गर्ने नेपाली फिल्म बनेको छ । अन्तर्राष्ट्रिय बजारमा बलियो बनाउनुका साथै फिल्मको माध्यमबाट नेपाली कला, संस्कृति र भाषाको प्रवर्द्धनमा सहयोगी भूमिका निर्वाह गर्न पाउँदा आफूसहित सम्पूर्ण टिम हर्षित रहेको निर्माता म्याक्स दीपेश खत्रीले बताए ।

‘महाजात्रामार्फत हामीले प्राप्त गरेको माया र शुभेच्छाले हामीलाई आउँदा दिनमा थप जिम्मेवार बनाएको छ । परिवारलाई एकसाथ हलसम्म ल्याएर खुसी बनाउन पाउदासँगै फिल्मको व्यावसायिक सफलताको पाटो हाम्रो लागि सुनमा सुगन्ध झैँ भएको छ’, निर्माता खत्रीले भने ।

अन्तर्राष्ट्रिय वितरक कम्पनी एमएसएम इन्टरटेन्मेन्टले उपलब्ध गराएको तथ्याङ्कअनुसार नेपालपछिको दोस्रो ठुलो मार्केट मानिने अस्ट्रेलियामा ९० बढी शो, संयुक्तराज अमेरिकामा ६५ बढी शो, न्युजिल्यान्डमा १४ शो, युरोप अन्तर्गतका देशमा ५० शो, क्यानडामा १२ शो, जापानमा १५ शो र दक्षिण कोरियामा १२ शो भइसकेको छ ।

यस्तै, अष्टेलियाको सिड्नीमा अत्यधिक प्रदर्शन हुने नेपाली फिल्म ‘महाजात्रा’ बनेको छ । अप्रिल २१ सम्मको यसको कुल ३३ शो सेड्युल गरिएको छ । यति शो अहिलेसम्म सिड्नीमा कुनै नेपाली फिल्मको गरिएको छैन ।

उक्त सम्पूर्ण शोहरू ‘सोल्ड आउट’ थिए । मध्यपूर्व अन्तर्गतका देशहरू कतार, युनाइटेड अरब इमिरेट्स, बहराइन, ओमान र मलेसियामा नियमित बक्सअफिसमा प्रदर्शन भइरहेको छ ।

निर्माता खत्रीले दर्शकसँगै हलमै आएर फिल्म हेर्नुभएका नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने, पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई, पूर्व प्रधानमन्त्री झलनाथ खनाल, पूर्वरानी कोमल राज्यलक्ष्मी शाह लगायतका विशिष्ट व्यक्तिलाई समेत धन्यवाद दिए ।

प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा हरिवंश आचार्य, वर्षा राउत, दिव्य देव, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ ।

म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले संयुक्त रुपमा निर्माण गरेका फिल्मका कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँ हुन् । षट्कोण आर्ट्सले विसं २०८२ को दसैँमा नयाँ फिल्म दर्शक माझ ल्याउने घोषणा समेत गरेको छ ।

प्रकाशित मिति : ७ बैशाख २०८१, शुक्रबार  २ : ३६ बजे

सोलुखुम्बुका सुरक्षा प्रमुखसँग प्रधानमन्त्री कार्कीको भेट

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सोलुखुम्बु जिल्लामा कार्यरत सुरक्षा निकायका प्रमुखहरूसँग

फागुन २१ को निर्वाचनका लागि छपाइ सामग्री आयोगमा आउन थाले

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक

एक महिनापछि दरवाङ–म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुचारु

म्याग्दी– म्याग्दीको मालिका र धवलागिरि गाउँपालिकामा निर्माणाधीन २५ मेगावाट क्षमताको

दोस्रो त्रैमासमा नेपाल टेलिकमको खुद नाफा १२.९८ प्रतिशत घट्यो

काठमाडौं- नेपाल टेलिकमले आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत

देउखुरीमा अटोरिक्सा र टिपर ठोक्किँदा एक जनाको मृत्यु, पाँच घाइते

घोराही– देउखुरीको कालाकाटे क्षेत्रमा अटोरिक्सा र टिपर एक आपसमा ठोक्किँदा