कोशीमा संकल्प प्रस्ताव बहुमतले पारित, प्रस्तावको पक्षमा ५२ मत « Khabarhub

कोशीमा संकल्प प्रस्ताव बहुमतले पारित, प्रस्तावको पक्षमा ५२ मत


७ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.5k
Shares
  • change font
  • change font
  • change font

विराटनगर– कोशी प्रदेशबाट संकल्प प्रस्ताव पारित भएको छ । शुक्रबार बसेको प्रदेश सभाको बैठकमा प्रदेश सभामा एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारी प्रस्तावक, माओवादी केन्द्रका प्रदेशसभा सदस्य गणेशप्रसाद उप्रेती र एमालेका प्रदेशसभा सदस्य किशोरचन्द्र दुलाल समर्थक रहेको प्रस्ताव पेस गरेको संकल्प प्रस्ताव ध्वनि मतले पारित भएको हो ।

संकल्प प्रस्तावमा ‘चैत्र २६ को मितिले संविधानको धारा १८८ को उपधारा २ बमोजिम प्रदेशसभाको बैठकमा आफूमाथि विश्वास छ भन्ने प्रस्ताव राखी विश्वासको मत लिन प्रदेशसभाको बैठकबाट माननीय मुख्यमन्त्रीज्यूलाई निर्देशन गरियोस्’ भन्ने उल्लेख छ । ‘बहुमत सांसदले समर्थन फिर्ता लिएकोले नियमित कार्यबाहेक दीर्घकालीन महत्त्वका कुनै निर्णय नगर्न नगराउन प्रदेश सरकार र सरकार सम्बद्ध अधिकारीलाई प्रदेशसभाको बैठकबाट निर्देशन गरियोस्’ भन्ने सो प्रस्तावमा उल्लेख छ ।

संकल्प प्रस्ताव पारित भएपछि नेकपा एमालेका सांसदले संकल्प प्रस्तावको पक्ष विपक्षमा मत विभाजन गर्न माग गरेपछि सभामुखले मत गणना गर्न निर्देशन दिएका थिए । संकल्प प्रस्तावको पक्षमा ५२ सांसद रहेका थिए । सभामुखले प्रस्तावको पक्ष विपक्षमा रहेका मत गणना गर्ने प्रक्रियामा कांग्रेसका सांसदले भाग लिएका थिएनन् । त्यस्तै मत दिन्न भन्ने पक्षमा भने तीन सांसद रहेका थिए ।

मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत लिन बाध्य पार्न एमाले र माओवादी केन्द्रले संकल्प प्रस्ताव ल्याएका हुन् । अर्कोतर्फ मुख्यमन्त्री कार्कीले प्रदेश सभाको बैठकमा संकल्प प्रस्ताव संविधान विपरीत आएको भन्दै आफू संविधानको धारा भन्दा बाहिर नजाने बताएका थिए । उनले संकल्प प्रस्ताव पारित भए पनि नभए पनि आफूले राजीनामा नलिने र विश्वासको मत पनि नलिने बताउँदै आएका छन् ।

प्रकाशित मिति : ७ बैशाख २०८१, शुक्रबार  ३ : ४० बजे

प्रेस काउन्सिलको मिडिया जागरण राष्ट्रिय अभियान धादिङबाट सुरु

धादिङ– प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा प्रेस काउन्सिल नेपालले

कैफियत देखिएपछि तीन फर्मलाई कारबाही

काठमाडौं– नियमित बजार अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति

राष्ट्रपति पौडेल जापानको टोकियोमा

काठमाडौं – चारदिने औपचारिक भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल आज

केही भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पाकिस्तानले गर्‍यो विश्वकपमा भारतसँगको खेल बहिष्कार

काठमाडौं – पाकिस्तान सरकारले आईसीसी टी-२० विश्वकपमा भारतसँगको खेल बहिष्कार