मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक | Khabarhub Khabarhub

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक


७ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

गोरखा– उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ महिनाको अवधिमा आठ हजारभन्दा बढी विदेशी पर्यटक घुम्न पुगेका छन् ।

चालु आर्थिक वर्षको साउन महिनायता मनास्लु क्षेत्रमा आठ हजार चार सय ५४ विदेशी पर्यटक भ्रमणका लागि मनास्लु क्षेत्रमा पुगेको मनास्लु संरक्षण क्षेत्र आयोजना कार्यालय (एमक्याप)का प्रमुख सन्तोष शेरचनले जानकारी दिए ।

चैतमा मात्रै एक हजार आठ सय २८ पर्यटकले मनास्लु क्षेत्रको भ्रमण गरेको उनले बताए । मनास्लु क्षेत्र भ्रमण गर्नेमध्ये सार्क राष्ट्रभन्दा बाहिरका पर्यटक अत्यधिक रहेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । यस वर्ष मनास्लु क्षेत्रमा पुगेका पर्यटकमध्ये सार्क राष्ट्रका एक सय ५२ जना रहेका छन् भने आठ हजार तीन सय दुई अन्य देशका पर्यटक रहेको प्रमुख शेरचनले बताए ।

मनास्लु भ्रमण गर्ने पर्यटकमा महिलाभन्दा पुरुष पर्यटकको सङ्ख्या बढी रहेको पाइएको छ । उक्त अवधिमा चार हजार आठ ५३ पुरुष, तीन हजार पाँच सय ९७ जना महिला र चार अन्य पर्यटकले मनास्लु क्षेत्रको भ्रमण गरेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

‘पछिल्लो समय मनास्लु पदमार्ग ट्रेकिङ टुरिज्ममा सबैभन्दा बढी सम्भावना बोकेको पर्यटकीय क्षेत्र बन्दै गएको छ’, उनले भने, ‘पर्यटकको आकर्षण हेर्दा पनि मनास्लु क्षेत्रमा ट्रेकिङ टुरिज्ममा सम्भावनालाई झनै बलियो बनाउँदै लगिएको छ ।’

गएको दुई वर्षको अवधिमा समेत मनास्लु क्षेत्रमा पर्यटकको सङ्ख्या बढ्दै गएको पाइएको छ । मनास्लु क्षेत्रमा गएको आर्थिक वर्ष २०७९/८० मा सात हजार सात सय पाँच विदेशी पर्यटकले मनास्लु क्षेत्रको भ्रमण गरेका थिए । यस वर्ष सकिन तीन महिना बाँकी रहँदा नै गएको आर्थिक वर्षमा भन्दा बढी पर्यटक मनास्लु क्षेत्रमा पुगेका हुन् ।

‘यस वर्ष करिब १२ हजारभन्दा बढी पर्यटक मनास्लु पुग्ने अपेक्षा गरिएको छ’, प्रमुख शेरचनले भने, ‘अहिलेसम्मको अवस्थालाई हेर्दा कार्यालयले गरेको अनुमान पूरा हुने देखिएको छ ।’ मनास्लु पदमार्गमा घुम्न पुग्ने पर्यटकले चुम भ्यालीतर्फ विश्वकै सर्वाधिक चर्चित सृङ्गी हिमाल, राजेन र मु गुम्बा अवलोकन गर्न पाउनेछन् ।

त्यस्तै पर्यटक नुब्री भ्यालीतर्फ कल्छुमन (काल) ताल, विश्वको आठौँ अग्लो मनास्लु हिमाल तथा वीरेन्द्र तालको अवलोकन गर्दै लार्के पास गरेर मनाङ पुग्न सक्नेछन् । दुवै क्षेत्रमा हिमचितुवाका साथै नाउर, घोरल, डाँफे, मुनाल र चौँरीसँगको सामिप्यतामा पर्यटक रमाउन पाउने भएकाले पनि मनास्लु क्षेत्र पर्यटकको रोजाइमा पर्ने गरेको हो ।

प्रकाशित मिति : ७ बैशाख २०८१, शुक्रबार  ४ : ०३ बजे

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य

पाँच वर्षपछि लिबियामा भारतीय राजदूतावास पुनः स्थापना

काठमाडौं – भारतले उत्तर अफ्रिकी मुलुक लिबियामा आफ्नो राजदूतावास पुनः