एमालेकाे राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको तयारी पूरा « Khabarhub

एमालेकाे राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको तयारी पूरा


७ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


600
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेले शनिबारबाट ललितपुरमा सुरु हुने राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठकको तयारी पूरा भएको जनाएको छ ।

शुक्रबार पार्टी कार्यालय च्यासलमा पत्रकार सम्मेलन गर्दै एमालेले ललितपुरको गोदावरीस्थीत सनराईज सभाहलमा हुने सम्मेलनको तयारी पुरा भएको जनाएको हो ।

बैठकमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्हरू दुई हजार ७३ जना, केन्द्रीय कमिटी, केन्द्रीय निकायमा मनोनयन गरिएका परिषद् बाहेकका ३ सय ८१ जना आयोजक कमिटी सहित २ हजार ४ सय ५४ जना सहभागी हुने एमालेले जनाएको छ ।

दुई दिनसम्म चल्ने बैठकमा विभिन्न प्रतिवेदन पेश हुने एमाले महासचिव शंकर पोखरेलले जानकारी दिए ।

प्रथम विधान अधिवेशन र दशौं राष्ट्रिय महाधिवेशनपछि हुन गइरहेको प्रतिनिधि परिषद्को बैठक वैधानिक हिसाबले सबैभन्दा ठूलो औपचारिक फोरम भएको बताए ।

बैठकमा एमालेका विभिन्न अभियानको समीक्षा हुने र मिसन ८४ को तयारीका लागि बैठकमार्फत सुझाव संकलन गरिने पोखरेलले बताए ।

त्यस्तै पोखरेलले लोकतन्त्रलाई संस्थागत गर्ने प्रश्नमा सत्ता र प्रतिपक्ष सबैसँग मिलेर काम गर्न तयार रहेको बताए ।

उनले अहिलेको अवस्थामा मुलुकलाई सही बाटोमा अघि बढाउन एमालेको ध्यान रहेको धारणा राखे ।

प्रतिनिधि परिषद्को बैठकपछि वैशाख १० गते एमालेले नेकपा स्थापनाको हिरक महोत्सव पनि मनाउने जनाएको छ । उक्त कार्यक्रममा अध्यक्ष केपी ओलीका साथै प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेर बहादुर देउवा लगायतले सम्बोधन गर्ने एमालेले जनाएको छ ।

प्रकाशित मिति : ७ बैशाख २०८१, शुक्रबार  ५ : १६ बजे

टोखाबाट १९ लाख रुपैयाँ बराबरको धनमाल चोरी

काठमाडौं– टोखा नगरपालिका-३ बस्ने तिल सरा पुर्जाको घरबाट सुनका विभिन्न गरगहना

हत्या आरोपमा एकजना पक्राउ

संखुवासभा– चैनपुर नगरपालिका-१० इखम्बु बस्ने ४७ वर्षीय लीला प्रसाद राईको हत्या

धोबी खोलो सफाइमा उत्रिए हर्कका समर्थक (तस्बिरहरू)

काठमाडौं– धरानबाट सुरु भएको हर्क साम्पाङको श्रमदान अभियान काठमाडौं प्रवेश

भानु नगरका शिक्षकलाई ‘एआई’ तालिम

तनहुँ– तनहुँको भानु नगरपालिका भित्रका विभिन्न विद्यालयमा सेवारत शिक्षकका लागि

प्रतिनिधिसभा सदस्य निर्वाचन : बैतडीमा एक हजार ४४२ कर्मचारी खटाइने

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि