काठमाडौंमा ‘हिमालयन हाइड्रो एक्स्पो २०२४’ आयोजना हुने « Khabarhub

काठमाडौंमा ‘हिमालयन हाइड्रो एक्स्पो २०२४’ आयोजना हुने


७ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– समृद्धिका लागि हरित ऊर्जा भन्ने मूल नारासाथ बैशाख १२ गतेदेखि काठमाडौंमा ‘हिमालयन हाइड्रो एक्स्पो २०२४’ आयोजना हुने भएको छ ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) र एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसेस प्रालिको संयुक्त आयोजनामा वैशाख १२ गतेदेखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हाइड्रो एक्स्पो हुन लागेको हो ।

इप्पानले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै हिमालयन हाइड्रो एक्स्पोको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । एक्स्पोमा १ सयभन्दा धेरै स्वदेशी तथा विदेशी कम्पनीका स्टल रहनुका साथै सात विषयमा सेमिनार सञ्चालन हुने इप्पानका अध्यक्ष गणेश कार्कीले जानकारी दिए।

आगामी सन् २०३५ भित्र २८ हजार ५ सय मेगावाट विद्युत् उत्पादन गर्ने सरकारको लक्ष्य र लगानी सम्मेलनको पूर्व सन्ध्यामा हुने एक्स्पो ऊर्जा क्षेत्रको समग्र विकासका लागि महत्पूर्ण हुने उनले बताए ।

एक्स्पो अघि काठमाडौंमा २६ किलोमिटरको इभि र्‍याली गरिने इप्पानले जनाएको छ ।

प्रकाशित मिति : ७ बैशाख २०८१, शुक्रबार  ५ : ५९ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको