काठमाडौंमा 'हिमालयन हाइड्रो एक्स्पो २०२४’ आयोजना हुने | Khabarhub Khabarhub

काठमाडौंमा ‘हिमालयन हाइड्रो एक्स्पो २०२४’ आयोजना हुने


७ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– समृद्धिका लागि हरित ऊर्जा भन्ने मूल नारासाथ बैशाख १२ गतेदेखि काठमाडौंमा ‘हिमालयन हाइड्रो एक्स्पो २०२४’ आयोजना हुने भएको छ ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) र एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसेस प्रालिको संयुक्त आयोजनामा वैशाख १२ गतेदेखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हाइड्रो एक्स्पो हुन लागेको हो ।

इप्पानले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै हिमालयन हाइड्रो एक्स्पोको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । एक्स्पोमा १ सयभन्दा धेरै स्वदेशी तथा विदेशी कम्पनीका स्टल रहनुका साथै सात विषयमा सेमिनार सञ्चालन हुने इप्पानका अध्यक्ष गणेश कार्कीले जानकारी दिए।

आगामी सन् २०३५ भित्र २८ हजार ५ सय मेगावाट विद्युत् उत्पादन गर्ने सरकारको लक्ष्य र लगानी सम्मेलनको पूर्व सन्ध्यामा हुने एक्स्पो ऊर्जा क्षेत्रको समग्र विकासका लागि महत्पूर्ण हुने उनले बताए ।

एक्स्पो अघि काठमाडौंमा २६ किलोमिटरको इभि र्‍याली गरिने इप्पानले जनाएको छ ।

प्रकाशित मिति : ७ बैशाख २०८१, शुक्रबार  ५ : ५९ बजे

मलेसियाले नेपाललाई दियो ९१ रनको चुनौती, अभयले लिए चार विकेट

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा

लोकल काँक्रोको मूल्य प्रतिकेजी ७० रुपैयाँ, काउलीको कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

बागमती प्रदेशसभा बैठक बस्दै, बजेटमाथि छलफल हुने

हेटौँडा– बागमती प्रदेशसभाको बैठक आज (बिहीबार) बिहान ११ बजे बस्दैछ

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज (बिहीबार) बस्दैछ ।

वनको झाडी फाँडेर निगुरो र अम्रिसो खेती

बागलुङ– सामुदायिक वनलाई उत्पादनसँग जोड्न बागलुङको काठेखोला गाउँपालिका– ७ रेशमा