सबै कम्युनिष्ट एकतावद्ध हुनुपर्छ : नेता खनाल « Khabarhub

सबै कम्युनिष्ट एकतावद्ध हुनुपर्छ : नेता खनाल


७ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


663
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सबै कम्युनिष्ट एकतावद्ध हुनुपर्ने बताएका छन् ।

शुक्रबार विराटनगरमा संचारकर्मीसंग कुरा गर्दै नेता खनालले मुलुकलाई विकास र समृद्धिको दिशातर्फ अघि बढाउन सबै कम्युनिष्ट दलहरू एकताबद्ध हुनुको विकल्प नरहेको बताएका हुन् ।

उनले मुलुकको विकास र प्रगतिको लागि नै नयाँ समीकरण बनाइएको भन्दै फेरि अर्को समीकरण बन्ने सम्भावना नरहेको धारणा राखे । उनले केन्द्रमा नयाँ समीकरण अनुसार सरकार अघि बढिरहेको बेला प्रदेशहरूमा पनि केही प्रक्रियागत र विषयहरू मिलाउन थालिएको बताए । त्यस्तै उनले कोशी प्रदेश सरकारको विषयलाई लिएर बिस्तारै मिल्ने जिकिर गरे ।

नेता खनालले मुलुकमा राजनैतिक, आर्थिक, सामाजिक र सांस्कृतिक समस्याहरू बढ्दै गएकाले सबै राजनैतिक दलहरू मिलेर समाधान गर्नुपर्ने बताए ।

प्रकाशित मिति : ७ बैशाख २०८१, शुक्रबार  ६ : ३३ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया