आज २०८१ साल जेठ ६ गते आइतबारको राशिफल « Khabarhub

आज २०८१ साल जेठ ६ गते आइतबारको राशिफल


६ जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल जेठ ६ गते आइतबार तदनुसार सन् २०२४ मे १९ तारिख। वैशाख शुल्क पक्षको एकादशी तिथि। मोहिनी एकादशी व्रत। चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प.सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : दैनिकी सामान्य छ। आम्दानी बढ्नेछ। स्वास्थ्यमा गरेको लगानी जोखिममा पर्नेछ। शिक्षामा गरेको लगानीबाट भने फाइदा हुने योग छ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट लाभ मिल्नेछ। पारिवारिक साथ मिल्नेछ।

वृष :हर्ष बढ्नेछ। सामाजिक क्षेत्रमा सेवा गर्ने अवसर मिल्नेछ। शिक्षामा सफलता प्राप्त हुनेछ। स्वास्थ्यमा गरेको लगानीबाट लाभ मिल्नेछ। परिवारमा मेलमिलाप हुनेछ। व्यापारमा उत्साह बढ्नेछ।

मिथुन : आम्दानी राम्रो हुनेछ। व्यापारमा गरेको लगानीलेभन्दा स्वास्थ्यमा गरेको लगानीले उत्साह थप्नेछ। पारिवारिक सम्बन्धमा खटपट हुनसक्छ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट भने प्रगति हुनेछ।

कर्कट :आम्दानी बढ्नेछ। व्यापार, शिक्षा र स्वास्थ्यको क्षेत्रमा गरेको लगानीबाट नाफा मिल्नेछ। पारिवारिक सम्बन्धमा खटपट हुनेछ।

सिंह : समय राम्रो छ। स्वास्थ्यमा लाभ हुनेछ। शिक्षामा सफलता मिल्नेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट नाफा मिल्नेछ। स्थिर रहदा परिवारको सहयोग मिल्नेछ।

कन्या : आज उत्साह बढ्नेछ। साथीभाइको सहयोग मिल्नेछ। लगानीको क्षेत्रमा फाइदा हुनेछ। व्यवहार गर्दा परिवारको साथ मिल्नेछ। हरेक क्षेत्रमा प्रगति हुने दिन छ।

तुला : धेरै कमाउने भन्दा पनि जोगाउने कुराले सताउन सक्छ। शिक्षा, स्वास्थ्यको क्षेत्रमा भन्दा कृषिमा गरेको लगानीबाट फाइदा मिल्नेछ। परिवारको सहयोग मिल्नेछ। सामाजिक क्षेत्रमा मन जानेछ।

वृश्चिक : दिन राम्रो छ। श्रमले उचित मूल्य पाउनेछ। शिक्षामा सफलता, स्वास्थ्यमा लाभ, वैदेशिक क्षेत्रमा गरेको लगानीबाट उन्नती हुनेछ। सोचेर मात्र लगानी गर्नु राम्रो हुन्छ। पारिवारिक सम्बन्ध सुमधुर हुनेछ।

धनु : दिन राम्रो छ। हर्ष बढ्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। आर्थिक क्षेत्रमा नाफा हुनेछ। सामाजिक क्षेत्रमा मन जानेछ। पारिवारिक सहयोग मिल्नेछ।

मकर : खर्च बढ्ने दिन छ। ठूलो लगानी नगर्नु राम्रो हुन्छ। शत्रु बढ्नेछन्। वैदेशिक रोजगारीले भने मत शान्त हुनेछ। परिवारसँगको सम्बन्ध सुधार हुनेछ।

कुम्भ : चञ्चल मन भएकाले अस्थिर हुनेछ। धार्मिक क्षेत्रमा मन जानेछ। पारिवारिक क्षेत्रमा मेलमिलाप हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मीन : सहयोग गर्ने भन्दा खुट्टा तान्ने र कुरा काट्नेहरु बढ्नेछन्। श्रम लगानी गरेको क्षेत्रमा उन्नती हुनेछ। परिवारको साथ सहयोग मिल्नेछ। प्रेम सम्बन्धमा उत्साह बढ्नेछ।

प्रकाशित मिति : ६ जेठ २०८१, आइतबार  ५ : २४ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै