महिला सुपर लिग : चेल्सीलाई लगातार पाँचौँ उपाधि « Khabarhub

महिला सुपर लिग : चेल्सीलाई लगातार पाँचौँ उपाधि


६ जेष्ठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महिला सुपर लिग फुटबलको उपाधि चेल्सीले जितेको छ । गएराति ओल्ड ट्राफोर्डमा भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई ६–० गोलले हराउँदै चेल्सीले उपाधि जितेको हो । महिला सुपर लिगमा चेल्सीको यो लगातार पाँचौँ तथा समग्रमा सातौँ उपाधि हो ।

चेल्सीका लागि मायरा रामिरेजले दुई तथा जोहाना राइटिङ क्यानेरिड, स्जोक नुस्केन,मेलानी ल्युपोल्ज र फ्रान किर्बीले एक–एक गोल गरे ।

खेलको दोस्रो मिनेटमै चेल्सीका रामिरेजले सुरुवाती गोल गरेका थिए । आठौँ मिनेटमा क्यानेरिडले गोल गर्दै टोलीको अग्रतालाई दोब्बर बनाए । टोलीको अग्रता दोब्बर बनाइन् ।

यस्तै, ४४औँ मिनेटमा नुस्केनले गोल गर्दै ३–० को अग्रता दिलाउँदा पहिलो हाफको इन्जुरी समयमा रामिरेजले व्यक्तिगत दोस्रो गोल गर्दै खेललाई ४–० गोलले अगाडि बढाए ।

यसैगरी, ल्युपोल्जले ४७औँ तथा किर्बीले ८५औँ मिनेटमा गोल गरेसँगै चेल्सी ६–० गोलले विजयी भयो ।

जितसँगै चेल्सीले २२ खेलबाट ५५ अंक जोड्यो । म्यानचेस्टर सिटीसँग समान अंक भए पनि गोल अन्तरमा अगाडि रहँदा चेल्सी च्याम्पियन बनेको हो । पराजित युनाइटेड समान खेलबाट ३५ अंकका साथ पाँचौं स्थानमा रह्यो ।

 

 

प्रकाशित मिति : ६ जेष्ठ २०८१, आइतबार  ९ : २४ बजे

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ

दसैँ बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम

 काठमाडौँ – दसैँको बिदाका कारण यस वर्ष पहिलो चरणको राष्ट्रिय भिटामिन