भक्तपुर एमालेमा दोहोरिए बचन देउजा, महेश बस्नेतलाई धक्का « Khabarhub

भक्तपुर एमालेमा दोहोरिए बचन देउजा, महेश बस्नेतलाई धक्का


६ जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


546
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- नेकपा एमाले भक्तपुरको अध्यक्षमा बचन देउजा दोहोरिएका छन् । दुई दिनसम्म चलेको नवौँ जिल्ला अधिवेशनबाट देउजाले बहुमत पदाधिकारीसहित कार्यकाल दोहोर्‍याएका हुन् ।

देउजाले अध्यक्षका अर्का प्रत्यासी मोहनवीर श्रेष्ठलाई पराजित गरेका छन् । श्रेष्ठलाई एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले साथ दिएका थिए । २०७९ को आमनिर्वाचनमा पनि पराजित बस्नेतलाई एमालेको आन्तरिक चुनावमा पनि धक्का लागेको छ ।

आइतबार सार्वजनिक निर्वाचन परिणाम अनुसार सचिवमा पनि देउजाकै प्यानलका विष्णु तामाङ निर्वाचित भएका छन् ।

अघिल्लो कार्यकालका सचिव मोहनवीरको प्यानलबाट उपाध्यक्षमा किरण थापा निर्वाचित भए । उनी अहिले बागमती प्रदेश सांसद पनि छन् ।

थापाले निर्वतमान उपाध्यक्ष एवम् देउजा प्यालनका उम्मेदवार तथा सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापालाई पराजित गरे ।

एकजना उपसचिवमा देउजा प्यानलकै सानुकाजी कायस्थ निर्वाचित भए । अर्को उपसचिवमा मोहनवीर प्यानलका उत्तरा नेपाल विजयी भइन् ।

जेठ ३ देखि सुरु नवौँ जिल्ला अधिवेशनले पाँच पदाधिकारीसहित १ सय ५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ । जसमा देउजा प्यानलले पकड बनाएको छ ।

यो अधिवेशनमा सहमतिबाट नेतृत्व चयनको कोसिस भएको थियो । बिहीबार र शुक्रबार त्यसकै लागि प्रयास पनि भयो तर सफल हुन नसकेपछि दुईवटा प्यानलले निर्वाचन लडेका थिए ।

अधिवेशनमा जिल्लाका ३८ वडा कमिटीमध्ये ३५ वडामा सर्वसम्मत प्रतिनिधि छानिएका थिए । ३ वटा वडामा निर्वाचन गर्नुपरेको थियो । ४ नगरमध्ये देउजा प्यानलमा २ र श्रेष्ठ प्यानलमा २ नगर अध्यक्षको साथ थियो ।

प्रकाशित मिति : ६ जेठ २०८१, आइतबार  १२ : ४७ बजे

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको