ब्रेकेल प्लेक्सेस इञ्जुरीको सफल सल्यक्रिया गर्ने डाक्टरहरु सम्मानित « Khabarhub

ब्रेकेल प्लेक्सेस इञ्जुरीको सफल सल्यक्रिया गर्ने डाक्टरहरु सम्मानित


६ जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


8.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्लाष्टिक सर्जरी विभाग किर्तिपुर अस्पातलले नेपालमै अध्ययन गरेर हातको सफल सल्यक्रिया गर्ने ४ जना ह्याण्ड सर्जनहरुलाई सम्मान गरेको छ ।

ब्रेकेल प्लेक्सेस इञ्जुरी अर्थात १ सय वटा सफल सल्यक्रिया गरेको भन्दै एक कार्यक्रमका बिच डा. किरण किशोर नकर्मी, डा.लोकराज चौरसिया, पुष्कर पुडासैनी र प्रवेश सिंह भण्डारीलाई सम्मान गरिएको हो ।

सम्मान ग्रहण गर्दैनेपालकै पहिलो ह्यण्ड सर्जन डा.किरण किशोर नकर्मीले हातको समस्यामा जटिल मानिने ब्रेकेल प्लेक्सेस इञ्जुरीको उपचारका लागि विगतमा भारत लगायत अन्य देशहरुमा जानुपर्ने वाध्यता रहेकामो अहिले नेपालमै राम्रो उपचार भइरहेको बताए ।

‘उनले भने अहिले यसको उपचार सिमित ठाउँमा मात्रै भइरहेको छ बिस्तारै सेवा बिस्तार गर्ने क्रममा छौं ‘।

त्यस्तै डा.लोकराज चौरसियाले हातमा कुनै चोटपटक लाग्दा घाँटीको पछाडीको भागको नसा च्यापिएपछि र कहिलेकाहीँ सुत्केरी हुँदा बच्चालाई हातले तान्नुपर्ने अवस्था आयो भने तान्ने बेलामा ब्रेकेल प्लेक्सेसमा भएका नसाहरु ड्यामेज भएर हात नचल्ने समस्या हुन्छ । त्यस्तो अवस्थामा यो उपचार अहिले प्रभावकारी भइरहेको बताए ।


कार्यक्रममा उपस्थित फेक्ट नेपाल किर्तीपुरका डाइरेक्टर गौरी प्रधानले डा.भरत यादवले यस अस्पतालले लामो समयदेखी स्वास्थ्य सेवामा सुधार संगै नयाँ नयाँ सेवाहरु दिँदै आएको र आगामी दिनमा पनि नयाँ नयाँ सेवाहरु थप्ने योजनामा रहेको बताईन् ।

त्यस्तै अस्पतालका सर्भिस डाईरेक्टर प्रोफेसर डा. भरत कुमार यादवले नेपालमै ब्रेकेल प्लेक्सेर इञ्जुरीको सय वटा सफल सर्जरी गर्नु ठुलो उपलब्धी भएको र आगामी दिनमा अझ प्रभावकारी ढंगले उपचारका लागि चाहिने उपकरणहरु खरीदमा सक्दो सहयोग गर्ने बताए । सम्मान कार्यक्रममा अन्य डाक्टरहरु युमा प्रधान, निजिता ताम्राकार रिंकु श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।

 

प्रकाशित मिति : ६ जेठ २०८१, आइतबार  २ : ३३ बजे

रूसमा युक्रेनी आक्रमण, चार जनाको मृत्यु

एजेन्सी– दक्षिणी रूसमा भएको युक्रेनी ड्रोन आक्रमणमा एक जना आठ

गत वर्ष १० करोडमा सीमित भएको ज्योति विकास बैंकको नाफा १ अर्ब नाघ्यो

काठमाडौं– ज्योति विकास बैंक लिमिटेडले आर्थिक वर्ष (आव) २०८२-८३ को

सरकारलाई रविको चेतावनी : यो रमाउने बेला होइन, परिणाम दिन नसके फेरि ‘भदौ २३’ आउन सक्छ

काठमाडौं- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

कङ्गोमा इबोला सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २ हजार नाघ्यो

किन्शासा- प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) मा फैलिएको इबोला सङ्क्रमणबाट मृत्यु हुनेको

भारतबाट सागसब्जी आयात घटेपछि नेपालगञ्जमा स्थानीय उत्पादनको माग बढ्यो

राँझा–  भारतीय सागसब्जी आयातमा कडाइ गरिएपछि नेपालगञ्जमा स्थानीय किसानको कृषिउपजले