रुसले युक्रेनमा आक्रमण बढाउन सक्ने जेलेन्स्कीको आकलन | Khabarhub Khabarhub

रुसले युक्रेनमा आक्रमण बढाउन सक्ने जेलेन्स्कीको आकलन


६ जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्की रुसले युक्रेनको उत्तरपूर्वी क्षेत्रमा आक्रमण बढाउन सक्ने आशंका व्यक्त गरेका छन् ।

जेलेन्स्कीले खार्किभ नजिकका क्षेत्रहरूमा हालैको सफलतापछि रुसले यो कदम चाल्ने दाबी गरेका छन् । रुसी सेनाले युक्रेनको मोर्चालाई कमजोर बनाउने प्रयास गरिरहेको छ ।

जेलेन्स्कीले युक्रेनी सेनाको मनोबल कमजोर भएको र केही इकाइहरू पूर्ण रूपमा खाली भएको स्वीकार गरेका छन् ।

जेलेन्स्कीले युक्रेनसँग हाल सुरक्षाको लागि हुनु पर्ने हतियारको २५ प्रतिशत मात्र रहेको बताएका छन् । अमेरिकाले भर्खरै युक्रेनलाई ६१ अर्ब रुपैयाँको सहायता प्याकेज घोषणा गरेको छ र सैन्य सहायता पनि समावेश छ ।

पछिल्ला केही दिनमा रुसले युक्रेनको दोस्रो ठूलो सहर खार्किभको उत्तरपूर्वी क्षेत्रका धेरै गाउँहरू कब्जा गरेको दाबी गरेको छ । खार्किभका गभर्नरले पछिल्लो एक सातामा करिब १० हजार मानिस खार्किभ छाड्नुपरेको बताएका छन्  ।

यद्यपी गभर्नरले युक्रेनी सेनाले स्थिति नियन्त्रणमा राखेको दाबी पनि गरेका छन् । जबकी जेलेन्स्कीले युक्रेनलाई मोर्चामा थप सैनिकहरू चाहिने बताएका छन् ।

प्रकाशित मिति : ६ जेठ २०८१, आइतबार  २ : ०२ बजे

क्लब विश्वकप : रियल म्याड्रिडको पोस्टमा चार गोल गर्दै पिएसजी फाइनलमा

काठमाडौं – रियल म्याड्रिडमाथि ४–० को शानदार जितसहित पेरिस सेन्ट

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

काठमाडौं – आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार