युवतीलाई ‘आँखा झिम्क्याएको’ निहुँमा ट्राफिक प्रहरी जवानको हत्या | Khabarhub Khabarhub

युवतीलाई ‘आँखा झिम्क्याएको’ निहुँमा ट्राफिक प्रहरी जवानको हत्या

जंगलमा सुतेको अवस्थामा भेटिए चारजना, गोली हानेर समातियो


६ जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं : ट्राफिक प्रहरी प्रभाग दरबारमार्गमा कार्यरत प्रहरी जवान युवराज घिमिरेको हत्या सडक पेटीमा बस्ने समूहबाट भएको खुलेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले शुक्रबार काठमाडौंको मनमैजुस्थित एक निर्माणाधीन घरमा हत्या गरिएका घिमिरे प्रकरणबारे पत्रकार सम्मेलन गर्दै ७ जनालाई सार्वजनिक गरेको छ ।

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी गाउँपालिका-१ घर भएका ३२ वर्षीय घिमिरेको शव शुक्रबार मनमैजुस्थित निर्माणाधीन घरमा भेटिएपछि प्रहरीले अनुसन्धान थालेको थियो ।

टोखा नगरपालिका-१० गोंगबु गणेशथानमा बस्दै आएका घिमिरे शुक्रबार ट्राफिक प्रहरी प्रभाव दरबारमार्गमा ड्युटी सकेपछि घर फर्किँदै थिए । त्यसक्रममा उनी तारकेश्वर नगरपालिका वडा नम्बर ११ स्थित खाजा घरमा पसेर खाजा खाएका थिए ।

प्रहरीको अनुसन्धानका क्रममा उक्त होटलमा सचिन परियार र अञ्जली श्रेष्ठ पनि खाजा खाइरहेका थिए । त्यही क्रममा घिमरेले अञ्जलीलाई आँखा झिम्क्याएको घटना नै हत्यासम्मको रुप लिएको खुलेको हो ।

खाजा खाने क्रममा होटलमा भेटिएका सचिन परियार र ट्राफिक जवान घिमिरे पुराना परिचितसमेत थिए । घिमिरेले अञ्जलीलाई आँखा झिम्क्याएको कुरालाई लिएर विवाद बढ्दै गएपछि घटना हत्यासम्म पुगेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

विवाद भए पनि सचिनले अञ्जली अस्वस्थ भएको भन्दै माथिसम्म पुर्‍याइदिन आग्रह गरेका थिए । त्यसपछि उनीहरू तीनैजना एकै मोटरसाइकलमा उक्त निर्माणाधीन घर भएको क्षेत्रमा पुगेका थिए ।

होटलमा भएको विवादको बदलास्वरुप सचिनले त्यहाँ रहेका अन्यको सहयोगमा ट्राफिक प्रहरी घिमिरेमाथि आक्रमण गरेका थिए । जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी वसन्त रजौरेका अनुसार उनलाई त्यहाँ रहेका अन्यलेसमेत घिमिरेले भिरेको बेल्ट अरु घरेलु हतियारले हानेर उनको ज्यान लिएको खुलेको छ ।

एसएसपी रजौरेले यो घटनामा भक्तपुरको चाँगुनारायण नगरपालिका-१ घर भइ बालाजु जरंखु, मनमैजुको सडकपेटी र बन्दै गरेका घरमा बस्ने २१ वर्षीय आइते भन्ने सचिन परियार, नुवाकोटको दुप्चेश्वर गाउँपालिका घर भइ हाल बालाजु जरंखु, मनमैजुका सडकपेटी र निर्माणाधीन घरमामा १८ वर्षीया अञ्जली श्रेष्ठ, स्याङ्जाको आँधीखोला गाउँपालिका-३ विजय चौतारी घर भई हाल बालाजु,जरंखु, मनमैजुका सडकपेटी रनिर्माणाधीन घरहरूमा २१ वर्षीया विपना वसन्ती भन्ने वसुन्धरा कार्कीलाई पक्राउ गरेको छ ।

त्यसैगरी यो घटनामा संलग्न भएको अभियोगमा स्याङ्जाको आँधीखोला गाउँपालिका-३ विजय चौतारी घर भई बालाजु,जरंखु, मनमैजुका सडकपेटी र बन्दै गरेका घरहरूमा ५६ वर्षीया नुनमाया कार्की, नुवाकोटाको ओखरेका २१ वर्षीय बुद्ध लामा तामाङ, सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका-१ का ३० वर्षीय दोर्जे अमृत तामाङलाई पनि प्रहरीले पक्राउ गरे सार्वजनिक गरेको छ ।

यो घटनामा संलग्न भएको अभियोगमा प्रहरीले एकजना १३ वर्षीय किशोरलाई पनि पक्राउ गरेको छ । घिमिरेको हत्या प्रकरणमा अझै अनुसन्धान जारी रहेको एसएसपी रजौरले बताए । घिमिरेको हत्या हुनुमा लुटपाट पनि कारण हुन सक्ने आधारमा अनुसन्धान भइरहेको उनले बताए ।

कसरी समातिए?

रजौरेका अनुसार यो घटनामा ट्राफिक प्रहरी घिमिरे घर जाने बाटोको क्षेत्रमा अनुसन्धान गरिएको थियो । त्यसक्रममा विगतमा चोरी, लुटपाट, कुटपिट लगायत अपराधमा संलग्नमाथि अनुसन्धान गरिएको उनले बताए ।

त्यही अनुसन्धानका क्रममा प्रहरीले घिमिरेको हत्यामा संलग्नमध्ये चारजनालाई काठमाडौं महानगरपालिका-१६ अष्टनारायण हलपछाडि र बाइसधारा जंगलबाट भाग्न लागेको अवस्थामा गोली चलाएर समातेको हो । पक्राउ परेकामध्ये चारजना जंगलमा सुतिरहेको अवस्थामा भेटिएका थिए ।

प्रकाशित मिति : ६ जेठ २०८१, आइतबार  २ : ०६ बजे

मिथिला माध्यमिकी परिक्रमाका यात्री भारतको फूलहर पुग्दै

महोत्तरी– मिथिला माध्यमिकी परिक्रमाका यात्री आज तेस्रो दिनको विश्रामका लागि

आलु खेतीमा आधुनिक यन्त्र प्रयोग गर्दै किसान

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–२ का मायाराम महतोलाई गत

तुलसीपुर बजार क्षेत्रका विद्युतका तार फेरियो

दाङ– दाङको तुलसीपुर बजारमा विद्युतका खाली तार थिए । ‘हाइटेन्सन’

आज केपी ओली एफसी र मछिन्द्र क्लबबीच दोस्रो सेमिफाइनल हुँदै

काठमाडौं– केपी ओली कप च्याम्पियनसिप फुटबल अन्तर्गत आज दोस्रो सेमिफाइनल

विद्यालय विकास कार्यक्रम प्रभावकारी

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–६ मा रहेको जामुनाखर्क माविमा कार्यान्वयन भएको