कांग्रेसले समय मागेपछि कार्यदलको बैठक स्थगित « Khabarhub

कांग्रेसले समय मागेपछि कार्यदलको बैठक स्थगित

एमाले प्रमुख सचेतक भन्छन् : साँझसम्म सबै टुंग्याउँछौँ


६ जेष्ठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


459
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सहकारी ठगी प्रकरणलाई लिएर संसदीय छानबिन समिति गठनका लागि गठित कार्यदलको बैठक स्थगित भएको छ ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले समय मागेपछि बैठक केही समयका लागि स्थगित भएको हो ।

सत्ता साझेदार दल नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बैठक सकारात्मक भएको प्रतिक्रिया दिए । कांग्रेसले समय मागेका कारण बैठक केही समयका लागि स्थगित गरिएको उनले जानकारी दिए ।

‘विषगत रुपमा, बुँदागत रुपमा टुंग्याउन उहाँहरू (कांग्रेस) ले केही समय मागेको छ । मेरो विचारमा एक आधा घण्टापछि बस्ने बैठकले थप निर्णय गर्ला । आज बेलुकासम्म यसलाई फिनिसिङ गर्छौ भन्ने लाग्छ,’ बर्तौलाले भने ।

प्रकाशित मिति : ६ जेष्ठ २०८१, आइतबार  २ : १२ बजे

स्पेनिस ला लिगा : रियल मड्रिडसँग बार्सिलोना पराजित

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड विजयी भएको छ

आज देशभरको मौसम यस्तो रहनेछ

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

एनपीएलको तेस्रो संस्करण आजदेखि, उद्घाटन खेलमा सुदूरपश्चिम र लुम्बिनीबीच प्रतिस्पर्धा

काठमाडौँ– नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि सुरु

कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन सुरु हुने कात्तिक

आज सोमबार, भगवान शिवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक ९ गते सोमबार सन् २०२६