फोक्सोका बिरामीलाई सामाजिक सञ्जालमार्फत पाँच लाख सहयोग  « Khabarhub

फोक्सोका बिरामीलाई सामाजिक सञ्जालमार्फत पाँच लाख सहयोग 


६ जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.9k
Shares
  • change font
  • change font
  • change font

वालिङ– उपचारका लागि आर्थिक अभाव भएपछि फोक्सोका बिरामीलाई झन्डै पाँच लाख रुपैयाँ सहयोग हस्तान्तरण गरिएको छ ।

स्याङ्जाको गल्याङ नगरपालिका–४ कुरुङ्चेका ४० वर्षीय भीमबहादुर थापालाई फोक्सोमा समस्या देखिँदा उपचारका लागि आर्थिक अभाव भएपछि रकम सङ्कलन गरी हस्तान्तरण गरिएको हो ।

बिरामी थापाको उपचारका लागि ठूलो धनराशि आवश्यक पर्ने भएपछि सामाजिक सञ्जाल तथा अन्य माध्यमको प्रयोग गरी आर्थिक संकलन अभियान सञ्चालन गरिएको स्थानीय अभियानकर्मी टीकाराम अधिकारीले बताए ।

अधिकारी र यादव सुवेदीले सहयोगका लागि सामाजिक सञ्जालमा अपिल गर्दै थालेको अभियानबाट चार लाख ७४ हजार तीन सय ३८ रुपैयाँ संकलन भएको थियो ।

‘थापाको उपचारमा ठूलो धनराशि आवश्यक पर्ने देखियो, तर घरको आर्थिक अवस्था कमजोर भएकाले रकम सङ्कलन अभियान थाल्यौँ’, अधिकारीले भने, ‘उपचारका लागि स्वदेश तथा विदेशमा रहेका नेपालीले मानवीय सेवा भावलाई मनन गर्दै साथ दिनुभयो, उहाँहरूप्रति आभार व्यक्त गर्दछौँ ।’

अभियानमार्फत संकलन भएको रकम थापाको घरमै पुगेर परिवारलाई हस्तान्तरण गरिएको थियो । उपचाररत थापाको उपचारका लागि सहयोग आउने क्रम जारी रहेकाले प्राप्त रकम पुनः हस्तान्तरण गर्ने स्थानीय युवा एवं अभियानकर्मी सुवेदीले बताए ।

फोक्सोमा समस्या देखिएपछि थापालाई गल्याङ नगर अस्पताल लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि पाल्पास्थित लुम्बिनी मेडिकल कलेज लगिएको र त्यहाँबाट थप उपचारका लागि काठमाडौँस्थित त्रिवि शिक्षण अस्पताल लगिएको छ । थापाको अहिले त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

घरको आर्थिक अवस्था कमजोर हुँदा उपचारका लागि समस्या भएको थापाले बताए । ‘मेरो उपचारमा आर्थिक समस्या भएपछि आफ्ना आफन्तलगायत शुभचिन्तकले सहयोग सङ्कलन अभियान सञ्चालन गर्नुभयो’, उनले भने, ‘सहयोग उपलब्ध गराउनुभएकामा सहयोगी सबैलाई धन्यवाद दिन्छु ।’

प्रकाशित मिति : ६ जेठ २०८१, आइतबार  ३ : ०६ बजे

चैत ५ गतेदेखि चितवनको कसरामा विक्रमबाबा पूजा हुँदै

चितवन– हरेक वर्ष चैतेदसैँको समयमा हुने विक्रमबाबा पूजाको यहाँ तयारी

पहिलो दिनको १२ घण्टे प्रशिक्षणमा रास्वपाले सांसदलाई के पढाउँदै छ ?

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यका लागि

चैते धानको समर्थन मूल्य तोक्न अध्ययन सुरु

काठमाडौँ– कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको कृषि विभागले चैते धानको

काबुलस्थित एक अस्पतालमा पाकिस्तानको हवाई आक्रमण, कम्तिमा ४०० जनाको मृत्यु

काठमाडौँ– अफगानिस्तानको राजधानी काबुलस्थित लागूऔषध प्रयोगकर्ताहरूको उपचार हुने एक अस्पतालमा

रास्वपा सभापति लामिछानेमाथिको मुद्दा फिर्ताविरुद्धको रिटमा आज पनि सुनुवाइ हुने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि लागेको सहकारी