काठमाडौं महानगरपालिकामा न्याय संवाद कार्यक्रम सुरु « Khabarhub

काठमाडौं महानगरपालिकामा न्याय संवाद कार्यक्रम सुरु


६ जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाले न्याय संवाद कार्यक्रम सुरु गरेको छ । महानगरको न्याय निरूपणका बारेमा जानकारी दिने मुख्य उद्देश्यका साथ उक्त कार्यक्रम सुरु गरिएको हो ।

महानगरका सूचना अधिकारी वसन्त आचार्यका अनुसार न्यायिक समितिको निर्णयअनुसार प्रत्येक वडामा रहेको वडा महिला सञ्जाल रहेकाले उक्त सञ्जालमार्फत न्याय संवाद कार्यक्रम सुरु गरिएको हो ।

यस कार्यक्रमको मुख्य उद्देश्य कामपाले कस्ताकस्ता किसिमका न्याय निरूपणको काम गर्छ, कुन विषयसँग सम्बन्धित न्याय पाउनका लागि केन्द्रमा जाने, कुन विषयको न्याय वडामार्फत नै हुन्छ भन्नेबारे नागरिकलाई जानकारी दिनु रहेको सूचना अधिकारी आचार्यले बताए ।

कामपामा के कस्ता कानून रहेका छन्, वडाबाट कुन कुन कानुनी सेवा प्राप्त हुन्छ, उजुरीहरू कहाँ दर्ता गर्ने, अन्यायमा पर्दा कुन विषय लिएर महानगरमा आउने र कुन विषयका बारेमा प्रहरीसमक्ष जाने, कुन विषयमा अदालत जाने र समग्र कामपाले दिने सेवाका बारेमा जानकारी दिनका लागि कार्यक्रम थालिएको सूचना अधिकारी आचार्यले जानकारी दिए। उनका अनुसार कार्यक्रम वडा १५ बाट सुरु भइसकेको छ ।

कामपामा रहेका ३२ वटै वडामा यो कार्यक्रम विस्तार गर्ने तयारी गरिएको आचार्यले जानकारी दिए । ‘न्यायलाई अहिले स्थानीयकरण गरेकाले पनि नागरिकलाई समग्र पक्षका बारेमा जानकारी दिनु आवश्यक छ’, उनले भने, ‘अहिले वडामा नै मेलमिलाप केन्द्र, मेलमिलाप सहजकर्ता तथा न्यायिक सहजकर्ता छन् ।’

विवाद सिर्जना हुनबाट बचाउनका लागि सचेतना कार्यक्रम, सिर्जना भएका विवादलाई परिवार र टोलमै मिलाउन प्रोत्साहन, यहाँबाट मिल्न नसकेको विवाद वडाको महिला सञ्जालमै मिल्न सकुन् । यसबाट दुवै पक्षले लाभ पाउन सकुन् भन्ने अभिलाषा राखेर कामपाले यस कार्यक्रम थालेको हो ।

महिला सञ्जालले लिखित र मौखिक दुवै प्रकारका विवाद ग्रहण गर्ने गरेको कामपा महिला सञ्जालकी संयोजक मैयाँलक्ष्मी महर्जनले बताइन् । उनले भनिन्, ‘प्रकृतिका आधारमा मेलमिलाप गराउने वा नगराउने निर्णय गर्छौँ ।’

महर्जनका अनुसार वडामा आउने विवादमा, जग्गा मिचेको, कोठा खाली गराउनुपर्ने, अदालत वा महानगरपालिकाले गरेको फैसला कार्यान्वयन गराइ पाउन, लेनदेन व्यवहार, पारिश्रमिक दिलाइ पाउने, व्यावसायिक क्रियाकलापले बस्तीमा असर गरेको, सम्बन्ध विच्छेद, पारिवारिक विवाद, छिमेकीले कानुन मिचेर झ्याल राखेकोलगायत रहेका छन् ।

प्रकाशित मिति : ६ जेठ २०८१, आइतबार  ३ : ४३ बजे

राहदानी छपाइ प्रकरण : मुद्दा दायर भएका १८ मध्ये ९ जना परराष्ट्र कै कर्मचारी

काठमाडौं । राहदानी छपाइ भ्रष्टाचार प्रकरणमा सोमबार १८ जनाविरुद्ध मुद्दा

कोटेश्वरमा कारले चार मोटरसाइकललाई ठक्कर दिँदा पाँच जना घाइते

काठमाडौं – काठमाडौंको कोटेश्वरस्थित भाटभटेनी नजिक सोमबार भएको सवारी दुर्घटनामा

उपाध्यक्ष पौडेलको पक्राउ राजनीतिक प्रतिशोध र शृङ्खलाबद्ध षड्यन्त्र : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष विष्णु

विष्णु पौडेल पक्राउबारे एमालेले भन्यो : सरकारले अपहरणको शैलीमा गिरफ्तार गर्‍यो, डटेर सामाना गर्छौं

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई

बारामा मोटरसाइकलको ठक्करबाट तीन जनाको मृत्यु

बारा – बाराको जीतपुरसिमरा उपमहानगरपालिका– ९ छातापिपरामा आज साँझ मोटरसाइकलले