सहमतिमै संसद् खोल्नुपर्छ, नत्र ठूलो संकटमा परिन्छ : माधव नेपाल « Khabarhub

सहमतिमै संसद् खोल्नुपर्छ, नत्र ठूलो संकटमा परिन्छ : माधव नेपाल

एकीकृत समाजवादीले प्रधानमन्त्रीलाई विश्वासको मत दिने


६ जेष्ठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले संसदलाई सहज ढंगले अघि बढाउने कुरामा सबै राजनीतिक दलहरूले ध्यान दिनुपर्ने बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित पेसागत महासंघको कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले त्यो कुरा बताएका हुन् ।

उनले अहिले सहमतिसहित जानु नै राम्रो हुने त्यसो नभए ठूलो संकटमा परिने बताए ।

नीति तथा कार्यक्रममा छलफल गर्ने ढोका नखोल्ने हो भने संवैधानिक जटिलता खडा हुन्छन् भन्ने कुरा ध्यानमा राख्नुपर्ने नेपालले बताए ।

अध्यक्ष नेपालले संसद् अवरोधबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूसँग कुराकानी भएको बताए ।

उनले सदनको अवरोध हटाउनु नै सबैको हितमा हुने उल्लेख गरे । प्रधानमन्त्रीले सहमतिका लागि गरिरहेका प्रयत्न सराहनीय रहेको उनले बताए ।

अध्यक्ष नेपालले आफ्नो पार्टी सरकारमा भएकाले प्रधानमन्त्री प्रचण्डलाई सोमबार विश्वासको मत दिने पनि स्पष्ट पारे ।

उनले नैतिकताको प्रश्न पनि उठ्ने भएकाले प्रधानमन्त्रीलाई विश्वासको मत दिँदैनन् भनेर शंका नगर्न आग्रह गरे ।

प्रधानमन्त्री दाहालले मंगलबार चौथो पटक विश्वासको मत लिने तयारी गरेका छन् ।

अध्यक्ष नेपालले सुदूरपश्चिम प्रदेशमा आफ्नो पार्टीको तर्फबाट मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गरिसकेको बताउँदै कोशीमा आफूहरूले विश्वासको मत दिएको स्मरण गराए ।

अध्यक्ष नेपालले सबैलाई समेटेर जाने गरी आफूहरूले प्रयास गरे पनि यसै भन्न सक्ने अवस्था नरहेको दाबी गरे ।

आफूहरुले देशमा स्थिरता, सहमति र सहकार्य होस भन्ने चाहेकाले देशभक्त लोकतान्त्रिक शक्तिहरु एक हुन आवश्यक नेपालले बताए ।

प्रकाशित मिति : ६ जेष्ठ २०८१, आइतबार  ५ : २४ बजे

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र

यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित

रसुवा- यातायात व्यवस्था सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा