पर्वतका कृषक व्यावसायिक आलुखेतीमा « Khabarhub

पर्वतका कृषक व्यावसायिक आलुखेतीमा


६ जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7k
Shares
  • change font
  • change font
  • change font

पर्वत– पर्वतमा करिब दुई हजार किसान व्यावसायिक आलु खेती गर्न लागेका छन् ।  कृषि ज्ञान केन्द्र पर्वतले खायन आलु उत्पादन तथा प्रवर्द्धन कार्यक्रम संचालन गरेपछि विगतमा आलुको उपभोगमुखी खेती गर्दै आएका यहाँका करिब दुई हजार किसान व्यावसायिक खेतीमा लागेको बागवानी विकास अधिकृत शङ्कर पौडेलले जानकारी दिए ।

कार्यक्रमअन्तर्गत हिउँदे मौसममा जिल्लाभरका एक हजार आठ सय २१ जना कृषकले व्यावसायिक आलु खेती गरी आम्दानी गरेका पनि पौडेलले बताए ।

‘किसानलाई व्यावसायिक आलु खेतीतर्फ आकर्षित गर्दै जिल्लालाई आलु उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले कार्यक्रम संचालन गरिएको हो । चालु आर्थिक वर्षका लागि रु तीन करोड विनियोजन गरिएको छ । सो रकमबाट आलुको बीउ, मल, कृषि औजार तथा बजारीकरणका लागि अनुदान उपलब्ध गराइएको छ’, पौडेलले भने ।

चालु आवमा एक सय २५ हेक्टरमा आलु खेती विस्तार गर्ने लक्ष्य रहेकामा कृषकको मागअनुसार एक सय ५५ हेक्टर क्षेत्रफलमा मात्र खेती गरिएको छ । त्यसबाट दुई हजार छ सय ५८ मेट्रिक टन आलु उत्पादन भएको छ । त्यसमध्ये कृषकले उपभोग गरेर बाँकी रहेको आलु बिक्रीबाट रु पाँच करोड आम्दानी गरेका कृषि ज्ञान केन्द्रले जनाएको छ ।

पर्वतमा जनकदेव, खुमल, उज्ज्वल, खुमल सेतो, एमएस ४२, कुफ्री, ज्योती, ताराखोला, जातका आलुको खेती गरिएको थियो । प्रतिहेक्टर न्यूनतम २६ मेट्रिकटनदेखि अधिकतम ४६ मेटिकटनसम्म उत्पादन भएको बागवानी विकास अधिकृत पौडेलले जानकारी दिए ।

आलु खेतीमा लागेका कृषकलाई ज्ञान केन्द्रले नियमित रूपमा प्राविधिक सल्लाहका साथै अनुगमनको काम पनि गर्ने गरेको थियो । जिल्लाभर ५४ वटा समूहमार्फत आलु खेती विस्तार गरिएको केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : ६ जेठ २०८१, आइतबार  ५ : २३ बजे

नारायणीमा ६० वर्षयताकै भीषण बाढी: करोडौँका संरचना बगे, नारायणगढ बजारमै जोखिम

चितवन – नारायणगढ बजारसँगै टाँसिएको नारायणी नदी किनारलाई ‘सिबिच’ (समुद्री

परराष्ट्रमन्त्री स्वदेश फर्कँदै, विमानस्थलमै प्रेस ब्रिफिङ

काठमाडौँ – संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भई परराष्ट्रमन्त्री शिशिर

बागलुङमा बाढीपहिरो : ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

बागलुङ– यही असोज ९ गतेदेखि ११ गतेसम्म आएको अविरल वर्षाका

५५ वर्ष पुगेका कर्मचारीलाई बिदा दिने विधेयक संसद्‍मा जाँदै : के छ प्रावधान ?

काठमाडौँ – सरकारले निजामती कर्मचारीको उमेर ५५ वर्ष वा सेवा

एसियाली खेलकुद : गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा

काठमाडौँ– बीसौँ एसियाली खेलकुदअन्तर्गत गल्फ र जुडोमा नेपालले आजदेखि प्रतिस्पर्धा