‘तिब्बतीयन मुस्ताङ अ कल्चरल रेनेसा’ सार्वजनिक « Khabarhub

‘तिब्बतीयन मुस्ताङ अ कल्चरल रेनेसा’ सार्वजनिक


६ जेष्ठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मुस्ताङमा दुई दशक बिताएका इटालियन नागरिक लुइगी फेइनी र अमेरिकी नागरिक केन्नथ पार्करले ‘तिब्बतीयन मुस्ताङ अ कल्चरल रेनेसा’ शीर्षकको चित्र पुस्तक प्रकाशनमा ल्याएका छन् ।

जर्मनीको हिरमरले प्रकाशन गरेको उक्त पुस्तक आज ठमेलको बज्र बुक्समा सार्वजनिक गरियो । मुस्ताङमा २० वर्ष बस्दा लुइगीले बसेर प्रत्यक्ष अवलोकन तथा अध्ययन गरी त्यहाँका गुम्बाभित्रका चित्रकला र ल्याण्डस्केप पुस्तकमा समावेश गरिएको जानकारी दिए ।

पुस्तक सार्वजनिक गर्दै उनले पाठकमाझ मुस्ताङमा बिताएका समय स्मरण गरे । ‘नेपालमा धेरै सुन्दर स्थान छन्’, उनले भने, ‘तर मलाई मुस्ताङको सौन्दर्यले बढी आकर्षित गर्‍यो ।’ पुस्तकमा मुस्ताङको धर्म, संस्कृति, परम्परा र त्यहाँको जनजीवन झल्किने तस्बिर समावेश गरिएको उनको भनाइ छ ।

बज्र बुक्सका प्रमुख  विदुर डङ्गोलले मुस्ताङलाई विश्वमा चिनाउन पुस्तक सहयोगी बन्न सक्ने धारणा राखे । पहिलो चरणमा तीन हजारप्रति बजारमा आएको पुस्तकको मूल्य १२ हजार रुपैयाँ तोकिएको छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०८१, आइतबार  ५ : ५५ बजे

पहिरोका कारण मङ्गलामा १६६ परिवार प्रभावित

म्याग्दी – गत असोज महिनाको दोस्रो साता परेको निरन्तरको झरीपछिको

अवरुद्ध बिपी राजमार्ग सञ्चालन

काभ्रे – अविरल वर्षाका कारण अवरुद्ध बनेको बिपी राजमार्गका विभिन्न

जनकपुरले पोखरालाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

एनपीएलमा जनकपुरको दोस्रो जित, पोखराको लगातार दोस्रो हार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता