मिडियाको स्वेट शेयर लिएँ, काम गरेँ, छाडेर गएँ, भएको यत्ति हो : गृहमन्त्री « Khabarhub

मिडियाको स्वेट शेयर लिएँ, काम गरेँ, छाडेर गएँ, भएको यत्ति हो : गृहमन्त्री


६ जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूले गोर्खा मिडिया नेटवर्कमा स्वेट शेयर लिएको, सेवासुविधासहित काम गरेको र पछि काम छाडेको, तर सहकारी ठगी नगरेको बताएका छन्‌ ।

प्रतिनिधि सभामा सम्बोधन गर्दै गरेका गृहमन्त्री लामिछानेले सहकारी संस्था सप्रनु र बिग्रनुमा सदस्यसमेत नरहेको आफ्नो कुनै हात नरहेको तर्क गरे ।

‘म टेलिभिजनमा काम गर्ने मान्छे, हुटहुटी भएको मान्छे, टेलिभिजन खोल्ने प्रस्ताव आयो । मैले स्वेट शेयरका रूपमा, आफूले लगानी नगरेर होइन, स्वेट शेयरका रूपमा आफ्नो सेवासुविधासहित काम गर्ने निधो गरेँ,’ लामिछानेले भनेका छन्‌, ‘त्यो मैले प्राप्त गरेको वा लिएको पैसा होइन । काम गरेँ, छाडेर गएँ, त्यो पैसा स्वेट शेयरका रूपमा रहेको हुनाले मैले त्यो पनि लिएर गइनँ, छाडेर गएँ । जसको सार्वजनिकीकरण मैले कार्यक्रम शुरु हुँदाको पहिलो श्रृङ्खला र कार्यक्रम छाड्दाको अन्तिम श्रृङ्खलामा आम जनतासमक्ष प्रस्तुत गरेको हुँ ।’

गृहमन्त्री लामिछानेले भने, ‘भएको चाहिँ यत्ति नै हो । न म भनिएको त्यो सहकारीको न सञ्चालक, न सदस्य, न गोर्खा मिडिया नेटवर्कमा एमडी रहँदा कुनै निर्णय गराई सहकारीबाट पैसा ल्याउने मान्छे, सदस्यसमेत नरहेको मान्छेबाट संस्थाको कारोबार हुँदैन । संस्था सप्रनु र बिग्रनुमा सदस्यसमेत नरहेको मान्छेको हात हुँदैन ।’

प्रकाशित मिति : ६ जेठ २०८१, आइतबार  ६ : ४७ बजे

वाम शक्तिबीच ध्रुवीकरण अहिलेको आवश्यकता हो : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

होटलको चौथो तलाबाट लडेर कामदारको मृत्यु

झापा – मेचीनगर नगरपालिका–१० धुलाबारीमा निर्माणाधीन होटलबाट खसेर आज एक

मन्त्री गुप्ताले भने : अफवाह र अनर्गल आरोपबाट देशको भलो हुँदैन

काठमाडौं – युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले आफ्नो अमेरिका

कांग्रेस विशेष महाधिवेशनमा जुलुसका लागि छ वटा रुट, यस्तो छ तालिका

काठमाडौँ- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन पुस २७ र २८

एनआरएनएले भन्यो : मन्त्री गुप्तालाई औपचारिक रूपमा नै आमन्त्रण गरिएको हो

काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए)ले युवा तथा खेलकुद मन्त्री